शिक्षक बलिदान दिवस मनाइयो

शिक्षक बलिदान दिवस मनाइयो

काठमाडौँ : शिक्षक सहिद खड्ग देवकोटा स्मृति दिवस आइतबार देशैभर मनाइएको छ । नेकपा निकट शिक्षक सङ्गठनले चैत ८ गते शिक्षक बलिदान दिवसका रूपमा मनाउँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच रणनीतिक मोर्चा बनेपछि ती पार्टी निकट शिक्षक सङगठ्नले संयुक्त रुपमा शिक्षक बलिदान दिवस मनाएका छन् ।

ती पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्ठन र नेपाल प्रगतिशील शिक्षक युनियनले संयुक्त रूपमा शिक्षक बलिदान दिवस मनाएका हुन् ।

यसै क्रममा काठमाडौँमा सम्पन्न कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय महासचिव रमेश रूपाखेती, अखिल नेपाल शिक्षक राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्ष सपना राजभण्डारी, केन्द्रीय सचिव विष्णु आले र बागमती प्रदेश संयोजक शिव श्रेष्ठ विशेष उपस्थिति थियो ।

कार्यक्रम अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष अर्जुन लामिछानेको अध्यक्षता र जिल्ला सचिव श्याम तामाङको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :