अखिल (क्रान्तिकारी) मकवानपुरको नवौँ बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरको नवौँ बैठक सम्पन्न

हेटौँडा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको ९ औँ पूर्ण बैठक हेटौँडा क्याम्पसमा सम्पन्न भएको छ ।

नेकपा मकवानपुरका जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ प्रमुख अतिथि र नारायणी ब्युरो जवस फ्याक्सन इन्चार्ज विकास वली विशेष अतिथि र अखिल (क्रान्तिकारी) नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल अतिथि रहेको बैठकले यही चैत २५ गते हुने जिल्ला सम्मेलन र आगामी जेठ २ देखि सुरु हुने राष्ट्रिय सम्मेलन सफल पार्न सङ्गठनलाई अझै क्रियाशील बनाउने निर्णय गरेको छ ।

बैठकमा प्रमुख अतिथि वाटरले सम्मेलन सफल बनाउन सङ्गठनको सम्पूर्ण शक्ति लगाउन आग्रह गरे । उनले पार्टी र सङ्गठनको विचार, सिद्धान्त र कार्यदिशालाई आमजनतासम्म पु¥याई एकीकृत जनक्रान्ति सम्पन्न गराउने दिशामा लामबद्ध गराउन पनि आग्रह गरे । बैठक अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष विवेक घलानको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :