नेकपा सेती–महाकाली ब्युरोद्वारा तिमिल्सिनाप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा सेती–महाकाली ब्युरोद्वारा तिमिल्सिनाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले पार्टीका पुर्व केन्द्रीय सदस्य तथा समाजवादी राष्ट्रिय बौद्धिक मञ्चका संयोजक राम प्रसाद तिमिल्सिनाका बुवा नवराज तिमिल्सिनाको ८१ वर्षको उमेरमा भएको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । ब्युरो इन्चार्ज प्रसान्तले बुधबार शोक वक्तव्यमार्फत पञ्चदेवल बिनायक नगरपालिका वार्ड नं. ३ अछामस्थित आफ्नै निवासमा मङ्गलबार भएको असामयिक निधनको खबरले पार्टीलाई दुखित बनाएको भन्दै मृतक आदरणीय बुवा नवराज तिमिल्सिनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेका छन्

ब्युरो इन्चार्ज प्रसान्तले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो महान् तथ जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी पुर्व केन्द्रीय सदस्य तथा समाजवादी राष्ट्रिय बौद्धिक मञ्चका संयोजक कमरेड राम प्रसाद तिमिल्सिनाका आदरणीय बुवा नवराज तिमिल्सिनाको ८१ वर्षको उमेरमा पञ्चदेवल बिनायक नगरपालिका वार्ड नं. ३ अछामस्थित आफ्नै निवासमा हिजो भएको असामयिक निधनको खबरले हाम्रो पार्टीलाई दुखित बनाएको छ । वहाँको निधनबाट हाम्रो पार्टीले जनयुद्धकाल देखिको एक कुसल अभिभावक गुमाएको छ । हाम्रो पार्टी मृतक आदरणीय बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :