विश्वभर ८ करोड ९५ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ८ करोड ९५ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८ करोड ९५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ८२ हजारभन्दा बढी सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ८ करोड ९५ लाख १९ हजार ५२३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ४ लाख १८ हजारभन्दा धेरै जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड ३९ लाख ६१ हजार ४०५ पुगेको छ ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या २५ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ३३६ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २५ लाख २८ हजार ३६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड १९ लाख १३ हजार ८०६ पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेकामध्ये ९१ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ५ लाख २२ हजार ८५२ पुगेको छ । यसैगरी ब्राजिलमा २ लाख ५२ हजार ९८८ जना, भारतमा १ लाख ५६ हजार ९७० जना, रूसमा ८५ हजार ३०४ जना, बेलायतमा १ लाख २२ हजार ४०५ जना, फ्रान्समा ८६ हजार १४७ जना, इटालीमा ९७ हजार २२७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :