विश्वभर कोरोनाबाट २५ लाख ७ हजार बढीको मृत्यु

विश्वभर कोरोनाबाट २५ लाख ७ हजार बढीको मृत्यु

काठमाडौँ : विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा १० हजार ८०७ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख ७ हजार ७२४ पुगेको हो ।

पछिल्लो २४ घन्टामा ४ लाख ३७ हजार बढीमा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ४ लाख ४९ हजार ४९२ जना निको भएसँगै विश्वभर कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या ८ करोड ८६ लाख ९९ हजार भन्दा बढी पुगेको छ ।

त्यसैगरी २ करोड १८ लाख ७५ हजार ५६४ जना अहिले उपचार गराइरहेका छन् । यसमध्ये ९१ हजार ८५६ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

सङ्क्रमणबाट विश्वमा सबैभन्दा धेरै प्रभावित अमेरिकामा ५ लाख १८ हजार ३६३ जनाभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको पनि जनाइएको छ । यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :