युवा संगठन नेपाल जनकपुर ब्युरोका जिल्ला वैठकहरु सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जनकपुर ब्युरो अन्तर्गत विभिन्न जिल्लाहरुको पूर्ण बैठक ब्युरो इन्चार्ज छिरिङको विशेष उपस्थितिमा सम्पन्न भएको छ । जस अनुसार सिन्धुली जिल्लामा अरुणको संयोजकत्वमा ७ सदस्यीय कमिटी, सिराहा–सप्तरीमा कार्तिकको संयोजकत्वमा ९ सदस्यीय कमिटी, धनुषा जिल्लामा समिरको संयोजकत्वमा पछि थप गर्ने गरि ५ सदस्यीय कमिटी र सर्लाही–महोत्तरीमा लिपुलेकको संयोजकत्वमा थप गर्ने गरि ७ सदस्यीय कमिटी गठन गरिएको हो ।

बैठकले जिल्ला सम्मेलनहरु गर्ने निर्णय पनि गरिएको समाचारमा जनाइएको छ । युवाहरुलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्धमा र भ्रष्टाचार, कालोबजारी, सामाजिक विकृति बिसङ्गतिका विरुद्धमा निरन्तर लड्नका लागि संगठनका ब्युरो इन्चार्ज छिरिङले उपस्थित क्रान्तिकारी युवाहरुलाई अपिलसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :