नेपालमा आज १०२ जना कोरोना सङ्क्रमित निको भए, ४ जनाको मृत्यु

नेपालमा आज १०२ जना कोरोना सङ्क्रमित निको भए, ४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ११४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ६८ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ७ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३९ महिला र ७१ पुरुष गरी जम्मा ११० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा २१ महिला र ३२ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ३ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५३३ रहेको छ । त्यसमा आई.सी.यु.मा ४६ जना र भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १ हजार ६ जना र क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : खोटाङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम (पश्चिम) र अछाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :