सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले फागुन १० गते चौरपाटी गाउँपालिका वडा नं. ६ दुनीका प्रचण्ड–माधव समूह निकट वडा अध्यक्ष मने साउँद र कार्यालय सहयोगी पदम साउँद लगायत तीन जनाको समूहद्वारा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक ‘सुशिल’ माथि भएको सांघातिक आक्रमणको घोर निन्दा एवम् भत्र्सना गरेको छ । अछाम जिल्ला इन्चार्ज तर्कराज र सेक्रेटरी प्रतिकले मंगलबार विज्ञप्तिमार्फत छोराको उपचारको लागि घर भेटघाटमा गएको बेला जिल्ला सदस्य एवम् युवा संगठन नेपाल अछामका जिल्ला संयोजक शेरबहादुर साउँद ‘सुशिल’ माथि भएको सांघातिक आक्रमण अपराधिक घटना भएको भन्दै उक्त घटनामा संलग्न जो कोहीलाई पनि उचित समयमा जवाफ दिने चेतावनी दिएका छन् ।

जिल्ला इन्चार्ज तर्कराज र सेक्रेटरी प्रतिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७७ फागुन १० गते का दिन अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. ६ दुनी (डबल नेकपा प्रचण्ड–माधव समूह निकट) का वडा अध्यक्ष मने साउँद र कार्यालय सहयोगी पदम साउँद लगायत अन्य तीन जनाको समूहद्वारा छोराको उपचारको लागि घर भेटघाटमा गएको बेला हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सदस्य तथा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक शेरबहादुर साउँद कमरेड ‘शुसिल’ माथि सांघातिक आक्रमण गरिएको छ । उक्त अपराधिक घटनाको घोर भत्र्सना र निन्दा गर्दछौ । यस्तो अपराधिक घटनामा संलग्न जो कोहीलाई पनि उचित समयमा जवाफ दिने चेतावनी यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :