देशभर सहिद सप्ताह २०७७ मनाइँदै

नेपालमा आज १२५ जना कोरोना सङ्क्रमित थपिए

नेपालमा आज १२५ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा महिला ४४ र पुरुष ८१ गरी जम्मा १२५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा महिला २० र पुरुष ३२ गरी जम्मा ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ३ हजार ६८१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ९० जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलव ७ प्रतिशत हो । यसैगरी नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या १ हजार ५२९ रहेको छ । त्यसमा आई.सी.यु.मा ४३ जना र भेन्टिलेटरमा ११ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ९९५ जना र क्वारेन्टाइनमा ६६ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : पाँचथर, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम (पश्चिम) र अछाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!