कपिलवस्तुमा पनि अखिल (क्रान्तिकारी) द्वारा विरोध प्रदर्शन

कपिलवस्तुमा पनि अखिल (क्रान्तिकारी) द्वारा विरोध प्रदर्शन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाका विभिन्न स्थानहरुमा भागरथी भट्ट लगायत अन्य सबैको न्यायको लागि संघर्षका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) कपिलवस्तुका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए ।

उनले, भागरथी भट्टको बलात्कारपछि भएको मानवता विरोधी हत्याले अहिलेको सरकार, राज्य व्यवस्था र यसका सञ्चालकहरू देश र जनताको जीवनप्रति गैरजिम्मेवार रहेको स्पष्ट रहेको र संगठनद्वारा भागरथी भट्ट लगायत देशैभरि भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरू माथिका हिंसाका घटनाहरूको गम्भीर छानबिन गरी घटनाका दोषीहरूलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार मागसमेत गरे ।

उक्त विरोध प्रदर्शनमा हत्यारालाई कारबाही गर, अखिल (क्रान्तिकारी) जिन्दावाद, वैज्ञानिक शिक्षा लागु गर, शैक्षिक माफिया होसियार, यावत नाराहरू लगाइएको थियो । गत माघ २१ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिर्कोट स्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय छात्रा भागरथी भट्टको विद्यालयबाट फर्किने क्रममा बाटोमा बलात्कार पछि भएको हत्याको घटनाप्रति घोर निन्दा एवं भ्रत्र्सना गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले फागुन ४ गते एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरूको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :