अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

नेपालगञ्ज : अनेरास्ववियु (क्रान्तिकारी) ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक लगायत सम्झनामा दीप प्रज्वलन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भेरी कर्णालीका सबै जिल्लाहरुमा आइतबार साँझ दीप प्रज्वलन गरेको हो ।

अखिल (क्रान्तिकारी) का भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर विकका अनुसार बाँके जिल्ला समितिले नेपालगंजको सेतु विक चोक र कोहलपुर चौराहमा दीप बालेर पीडितलाई न्यायको माग गरेको छ ।

संगठनको सुर्खेत जिल्ला समितिले विरेन्द्रनगरस्थित मंगलगढी चोक र मध्यपश्चिम विश्वविद्यालय अगाडि दीप बाल्दै अखिल (क्रान्तिकारी) का नेताहरुले पीडित छात्राको सम्झना गर्दै न्याय नपाए संगठन संघर्षमा उत्रिने बताएका थिए ।

त्यसैगरी अखिल (क्रान्तिकारी) को अगुवाईमा विद्यार्थीहरुले जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, बर्दियालगायत भेरी कर्णालीका सबै जिल्लामा दीप प्रज्वलन गरेका छन् ।

सबै जिल्लाका सदरमुकाम, बजारमा दीप प्रज्वलन गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :