अखिल (क्रान्तिकारी) दाङद्वारा घोराहीमा दिप प्रज्वलन

अखिल (क्रान्तिकारी) दाङद्वारा घोराहीमा दिप प्रज्वलन

दाङ : अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । भागरथी भट्ट लगायत देशैभरी पीडित छात्राहरुको न्यायको निम्ति केन्द्रीय समितिद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक अनिलले रामबहादुर गृहप्रशासनले शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने काममा असफल भएको जिकिर गर्नुभयो । निर्मला पन्त, सम्झना विक, भागरथी भट्ट लागायत छात्राहरु बलात्कार पछि हत्या भएका बीभत्स लासहरु देख्दा पनि सरकार जिम्मेवार नभएको भन्दै त्यसको घोर विरोध गर्नुभयो।

अखिल (क्रान्तिकारी) केन्द्रिय समितिले फागुन ४ गते देशैभरी भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरु माथिका घटनाका दोषीलाई कडा कार्बाहीको माग गर्दै चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत फागुन ९ गते देशब्यापी दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :