इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

एजेन्सी : म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा युनाईटेड न्युकासल युनाईटेडलाई ३–१ गोलले पराजित गर्दै शीर्ष दुईमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, डानिल जेम्स र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । न्युकासलका एलेन सेन्ट म्याक्सीमिनले एक गोल फर्काएका थिए ।

जितसंगै दोस्रो स्थानमा उक्लिएको युनाईटेडको २५ खेलमा ४९ अंक भएको छ भने न्युकासल २५ अंकसहित १७ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :