नेपालमा आज १२१ जना कोरोना सङ्क्रमित निको भए

नेपालमा आज १२१ जना कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १२१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ७ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३३ महिला र ४७ पुरुष गरी जम्मा ८० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १८ महिला र ३१ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ४९ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ३ हजार ३२५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा कसैको पनि कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छैन । हाल नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६१ रहेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४९४ रहेको छ । त्यसमा आई.सी.यु.मा ५२ जना र भेन्टिलेटरमा १० जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ९९६ जना र क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : पाँचथर, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम (पश्चिम) र अछाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :