युवा संगठन नेपाल, थबाङको प्रथम भेला सम्पन्न

युवा संगठन नेपाल, थबाङको प्रथम भेला सम्पन्न

काठमाडौँ : युवा संगठन नेपाल नमुना जिल्ला थबाङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलामा प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय सदस्य सागरको उपस्थिति रहेको भेलामा विशेष अतिथि युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिल र अतिथिहरु नमुना जिल्लाका इन्चार्ज हितप्रसाद रोका सोही जिल्ला सेक्रेटरी अमित घर्ती लगायत नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेताकार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न गरिएको थियो । त्यसैगरी भेलामा सहिद परिवार, घाइते अपाङ्ग याेद्धाहरुको पनि सहभागीता रहेको थियो ।

प्रथम नमुना जिल्ला भेलाले युवा संगठन नेपाल नमुना जिल्लाको नयाँ पदाधिकारी चयन गरेको छ । ११ सदस्यीय रहने गरि चयन गरेको युवा संगठन नेपाल नमुना जिल्लाको अध्यक्षमा सर्वसम्मत राजमित्र बुढा मगर चयन हुनु भएको छ । त्यसैगरी उपाध्यक्ष हिकमत रोका, सचिव धरम बुढा, सहसचिव स्वागत, कोषाध्यक्ष रामराखी र अन्य सदस्य सन्तोष बुढा, बामनेता, जुनप्रसाद रोका बाँकी दुई सदस्य संगठनको दोस्रो बैठकबाट छनोट गर्ने निर्णय गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई मन्तव्य जिल्लाका सेक्रेटरी अमित घर्ती मगरले दिनु भएको थियो । अन्य भेला समापनमा युवा संगठन नेपाल नमुना जिल्लाका अध्यक्ष राजमित्र बुढा बुढा मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :