जनयुद्ध दिवसको अवसरमा थबाङमा विविध खेलकुद प्रतियोगिता

जनयुद्ध दिवसको अवसरमा थबाङमा विविध खेलकुद प्रतियोगिता

काठमाडौँ : २६ औँ जनयुद्ध दिवसको अवसरमा युवा संगठन नेपाल, थवाङको आयोजनामा विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम समापन भएको छ । फागुन १ गतेदेखि सुरु भएको खेलकुद कार्यक्रम ७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल खेलहरु भएका छन् ।

पुरुष भलिबलतर्फ प्रथम ग्रीन जलजला कन्स्ट्रक्सन प्रा.लि. थबाङ रोल्पा, दोस्रो दोरपाटन युवा क्लब बागलुङ, तेस्रो आयोजक थबाङ र सान्त्वना आयोजक भएका छन् । कार्यक्रममा पुरुष तर्फ जम्मा टिम १४ र महिला तर्फ ११ टिमले भाग लिएका थिए । महिला भलिबलतर्फ प्रथम ग्रीन जलजला कन्स्ट्रक्सन प्रा.लि. थबाङ रोल्पा, दोस्रो फुलबारी युवा क्लब भुमे गाउँपालिका ७ लाबाङ रुकुम पूर्व, तेस्रो भुमे गा.पा.– १ बाराही युवा क्लब लुकुम रुकुम पुर्व, सान्त्वना धुपीसल्ला युवा क्लब लुकुम रुकुम पुर्व भएका छन् ।

पुरुष भलिबल तर्फ प्रथम स्थान प्राप्त गर्ने नगद रु. ५०,००० (कप मेडल, प्रमाणपत्र प्राप्त गरिएको छ ।) महिला तर्फ प्रथम स्थान प्राप्त गर्नेलाई नगद रु.३०,००० (कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।) उत्कृष्ट खेलाडी पुरुष तर्फ दोरपाटन युवा क्लबका खेलाडी अशोक बुढा मगर, महिलातर्फ फुलबारी युवा क्लब लाबाङका नविना पुन मगरले उत्कृष्ट पुरस्कर जितेका छन् ।

समापन समारोहको कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल थबाङका संयोजक राजमित्र बुढामगर, प्रमुख अतिथि बुद्धिजीवी समाजसेवी पुर्णबहादुर रोका मगर र कार्यक्रमको सञ्चालन धनसुस विश्वकर्माले गरेका थिए । कार्यक्रममा विजेता टिमलाई बधाई मन्तव्य युवा समाजसेवी थबाङ्गी युवा सञ्जालका अध्यक्ष अमित घर्ती मगरले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :