अखिल (क्रान्तिकारी) द्वारा लुम्बिनी ब्युरोमा दीप प्रज्वलन

अखिल (क्रान्तिकारी) द्वारा लुम्बिनी ब्युरोमा दीप प्रज्वलन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), लुम्बिनी ब्युरोका सबै जिल्लाहरूले भागरथी भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भागरथी लगायत अन्य सबैको न्यायका लागि संघर्षका कार्यक्रम अन्तरगत आइतबार दीप प्रज्वलन सम्पन्न गरेको छ ।

गत माघ २१ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिर्कोट स्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय छात्रा भागरथी भट्टको विद्यालयबाट फर्किने क्रममा बाटोमा बलात्कार पछि भएको हत्याको घटनाप्रति घोर निन्दा एवम् भ्रत्र्सना गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले फागुन ४ गते एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरूको घोषणा गरेको थियो । सोही संघर्षका कार्यक्रम अन्तरगत आइतबार (अखिल क्रान्तिकारी) लुम्बिनी ब्युरोका सबै जिल्लाहरूले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो ।

लुम्बिनी ब्युरो अन्तरगत रूपन्देही, कपिलवस्तु, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाले भागरथी भट्टको बलात्कारपछि भएको मानवता विरोधी हत्याले अहिलेको सरकार, राज्य व्यवस्था र यसका सञ्चालकहरू देश र जनताको जीवनप्रति गैरजिम्मेवार रहेको स्पष्ट रहेको र संगठनद्वारा भागरथी भट्ट लगायत देशैभरि भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरू माथिका हिंसाका घटनाहरूको गम्भीर छानबिन गरी घटनाका दोषीहरूलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार मागसहित उक्त कार्यक्रम सम्पन्न गरेको समाचारमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :