पशुपति पुनको निधनप्रति नेकपा रोल्पाद्वारा श्रद्धाञ्जली व्यक्त

पशुपति पुनको निधनप्रति नेकपा रोल्पाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले पार्टीका पूर्व जिल्ला सदस्य खिमराज पुनका बुवा पशुपति पुनको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । जिल्ला इन्चार्ज मानव र सेक्रेटरी विस्फोटले शुक्रबार श्रद्धाञ्जली वक्तव्य जारी गरि कम्युनिस्ट आन्दोलनका एक इमानदार, अडिग र दृढ पुनका बुवाको ७६ वर्षको उमेरमा उच्च रक्तचापको कारण भएको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

इन्चार्ज मानव र सेक्रेटरी विस्फोटद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, ‘रोल्पाली कम्युनिस्ट आन्दोलनका एक इमान्दार, सच्चा, अडिक, दृढ र हस्ती खिमराज पुनका श्रद्धेय बुवा पशुपति पुनको आज मिति २०७७/११/०६ गतेका दिन ७६ वर्षको उमेरमा उच्च रक्तचापको कारण भएको दुःखद् निधनको खबरले हामी अत्यन्तै स्तव्ध भएका छौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाका पूर्व जिल्ला सदस्य कमरेड खिमराज पुनको श्रद्धेय बुवा पशुपति पुनप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै सम्पूर्ण शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :