अखिल (क्रान्तिकारी) द्वारा नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा  नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

नेपालगञ्ज : अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगञ्जमा बृहत विरोध प्रदर्शन गरेको छ । भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकलाई न्यायको माग बिहीबार नेपालगंज बजारमा अखिल (क्रान्तिकारी) ले बृहत प्रदर्शन गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को भरी–कर्णाली क्षेत्रीय समन्वय समितिद्वारा आयोजित विरोध प्रदर्शनमा हजारौं विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकका अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले सरकारले शान्ति सुरक्षा दिन नसकेकै कारण देशमा बलात्कार र हत्याका पीडितले न्याय पाउन नसकेको बताए । उनीहरुले राज्य गैरजिम्मेवार बनेका कारण यस्ता घटना मौलाइरहेको आरोप समेत लगाए ।

समितिका संयोजक हर्कबहादुर विकले भागरथी, निर्मला पन्त र सम्झना विकलगायतका छात्राले न्याय नपाए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।
पछिल्लो समयमा देशैभरका बलात्कार र हत्याका घटनामा संलग्नलाई फासिको सजायको माग गर्दै नेपालगन्जमा प्रदशन गरिएको छ ।

अखिल (क्रान्तिकारी) ले निर्मला पन्त, सम्झना कामीदेखि भागरथि भट्ट लगायत देशैभरका बलात्कार र हत्याका घटनामा संलग्नलाई फासीको सजायको माग गरेको छ । नेपालगन्जको धम्बोजी माध्यामिक विद्यालय, मंगलप्रशाद मा.वि., आदर्श मा. वि., जिभियन, होलिल्याण्ड लगायतका विद्यालयबाट हजारौ विद्यार्थीको सहभागितामा निकलेको विरोध र्यालिले धम्बोजी चोक, बिपि चोक हुँदै गणेशमान चोकमा गएर कोणसभामा परिणत भएको थियो ।

र्यालिमा सहभागी विद्यार्थीहरुले बलात्कारमा घटनामा संलग्नलाई कारबाही गर, निर्मला पन्तका हत्यारालाई सार्बजनिक गर, भागरथीका हत्यारालाई कारबाही गर, महिला हिसां बन्द गर, बलात्कार र हत्यामा संलग्नलाई फासीको सजायको व्यवस्था गर लगायतका नारा लगाएका थिए ।

कोणसभामा सम्बोधन गर्ने विद्यार्थी नेताहरुले दिन प्रतिदिन बढिरहेका बलात्कारका घटना राज्यले नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन । राज्यको फितलो कानुनी व्यवस्थाकै कारण बलात्कार र हत्याका अपराधीहरुको मनोबल बढेको बताए ।

उनीहरुले बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका दोषी हालसम्म पनि पत्ता नलाग्नुले सरकार र समग्र व्यवस्था माथि नै प्रश्न चिन्ह खडा भएको समेत बताएका छन् ।

सकभर दोषी नै पत्ता नलाग्ने र लागेपनि कडा कानुनको व्यवस्था नहुनुले यस्ता घटनामा बल पुगेको उनीहरुको आरोप थियो । त्यसैको निरन्तरता स्वरुप सम्झना कामी हुँदै हाल भागरथी भट्टसम्म आइपुगेको उनीहरुले बताए । यस्ता जधन्य अपराधमा संलग्न दोषीलाई कडा कारबाहीको दायारामा ल्याउन सरकारसमक्ष जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :