नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

पृथ्वीबाट उडेको सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण

नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

काठमाडौँ : अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा सफल अवतरण गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

यो नासाको एक महत्वकांक्षी परियोजना सफल अवतरण भएपछि नासाका अन्तरिक्ष निकायका वैज्ञानिकहरुले खुशी मनाएका थिए । उक्त यान सात महिनामा ४७ करोड किलोमिटर यात्रा पार गरेर मंगल ग्रहमा पुगेको हो ।

रोभरले त्यहाँ पुगेर तस्वीर पनि पठाइसकेको छ भने अब उक्त रोभरले आफ्नो ब्याट्री चार्च गर्नेछ र पुन आफ्नो काम थाल्नेछ । नासाका अनुसार उक्त रोभर कारजत्रो भएको र त्यसमा जीवावशेष अध्ययन गर्न आवश्यक पर्ने वैज्ञानिक उपकरण जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :