नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

अछाम : नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँपालिका कमिटीले पुर्ण चन्द्र माध्यमिक विद्यालय रामारोशन ६ भाटाकाटीयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँ कमिटीले शिक्षक, विद्यार्थी र स्थानीय बुद्धिजीवीहरूका बीचमा वर्तमान राजनैतिक परिस्थिति, संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिका सेक्रेटरी विज्ञानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला सेक्रेटरी प्रतिक रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी प्रतिकले वर्तमान राजनैतिक संकट संसदीय व्यवस्थाको संकट भएको र यसको समाधान संसद विघटन वा पुनस्थापना हुन नसक्ने बताए । संसारभर असफल संसदीय व्यवस्थालाई संसदवादीले टालटुल गरेर समाधान खोजेका कारण संकट गहिरिँदै गएको र संकट समाधान नै गर्ने हो भने व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि सबै शक्ति लाग्नु पर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले समेत संसदीय व्यवस्थाका कारण भ्रष्टाचार, महङ्गी, दलाली र असुरक्षा बढ्दै गएको र नियन्त्रणमा राज्य असफल भएका कारण विकल्प खोज्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :