भारतको चक्रवातले नेपालमा आज दिनभर भीषण वर्षाको सम्भावना

भारतको चक्रवातले नेपालमा आज दिनभर भीषण वर्षाको सम्भावना

काठमाडौँ : भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज नेपालमा भीषण वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो भीषण वर्षा हुने र क्रमिक रूपमा कम हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो र राती देशका केही स्थानमा हल्कादेखि मध्यम र कयौँ स्थानमा भीषण वर्षाको सम्भावना छ ।

दिउँसो गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना रहेकाले आगामी २४ घन्टा सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :