एट्लान्टालाई हराउँदै युभेन्ट्स बन्यो च्याम्पियन

एट्लान्टालाई हराउँदै युभेन्ट्स बन्यो च्याम्पियन

काठमाडौँ : एट्लान्टालाई २–१ गोलले पराजित गर्दै युभेन्ट्स घरेलु कपको च्याम्पियन बनेको छ । बुधबार राती भएको फाइनल खेलमा एट्लान्टालाई हराउँदै युभेन्ट्स कोपा इटालियाको उपाधि विजेता बनेको हो ।

युभेन्ट्सको जितमा देजान कुलुसेवस्की र फेडेरिको चिएसाले गोल गरेका थिए । रुस्लान मालिनोवस्कीले एट्लान्टाका लागि सान्त्वना गोल फर्काए । युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको यो १४औँ पटक हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :