फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेनको पोल्टामा

फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेनको पोल्टामा

काठमाडौँ : फ्रेन्च कप (कोपा दे फ्रान्स) को उपाधि पेरिस सेन्ट जर्मेनले जितेको छ ।

फाइनलमा चिर प्रतिद्वन्द्वी क्लव मोनाकोलाई २–० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

पेरिसमा भएको फाइनलमा पीएसजीको जितमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पीएसजीको जितमा माउरो इकार्की र केलियन एम्बाप्पेले एक/एक गोल गरेका थिए ।

च्याप्पियन पीएसजीको फ्रेन्च कपको यो १४ औँ उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :