रणनैतिक संयुक्त मोर्चाका नेता भेषराज भुसाल गिरफ्तार

रणनैतिक संयुक्त मोर्चाका नेता भेषराज भुसाल गिरफ्तार

काठमाडौँ : संयुक्त रणनैतिक मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल शिक्षक संगठनका पूर्व नेता तथा लेखक, बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व भेषराज भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ । चार दलीय रणनैतिक मोर्चाको विशाल जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा केपी–बालद गृह प्रशासनले बुटवलको मिलनचोकबाट गिरफ्तार गरेको हो ।

जनसभामा नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गर्न ठूलो मात्रामा नेपाल प्रहरी परिचालन गरिएको थियो । भुसालले जनसभालाई सम्बोधन गर्दै दलाल संसदीय राज्यसत्ता असफल भएको भन्दै सात दशक लामो राजनीतिक इतिहासको समीक्षा गर्नुपर्ने बताएका थिए ।

नेता भुसालले त्यसका लागि राजनीतिक समीक्षा सभा, देशभक्त, क्रान्तिकारी, वामपन्थी एवम् सच्चा लोकतन्त्रवादीहरुको संयुक्त सरकार आवश्यक भएको र दलाल राज्यसत्ताले देशभक्त र क्रान्तिकारीहरुमाथि प्रतिबन्ध लगाउनु गलत भएको समेत बताएका थिए ।

अहिले भुसाललाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ । राज्यसत्ताले नेकपामाथि प्रतिबन्ध लगाउँदै नेकपाका नेता तथा कार्यकताहरूलाई जेल र हिरासतमा राख्दै आएको छ । नेकपाका शीर्ष नेता धर्मेद्र बास्तोला, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, विरजंग, ओमप्रकाश पुन, माइला लामा लगायतका नेताहरू जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :