अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नजिक

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नजिक

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५ लाख नजिक पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७८७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ४ लाख ९९ हजार ९९१ पुगेको हो । त्यस्तै उपचार गराइरहेका ९४ लाख १ हजार ८११ जनामध्ये १८ हजार ७१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड ८३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६३ हजार २९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ८४ लाख ७९ हजार ४१८ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :