अवरोध पारिएको विद्युत सेवा नेकपा अछामद्वारा पुनः सञ्चालन

अवरोध पारिएको विद्युत सेवा नेकपा अछामद्वारा पुनः सञ्चालन

काठमाडौँ : अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा गत महिना २८ गते सडक बनाउने क्रममा भत्किएको जलविद्युतको करिब १५ मिटर कुलो जनश्रम पछि विद्युत सेवा सञ्चालनमा आएको छ । उक्त समस्य स्थानीयहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई अनुरोध गरे पश्यात अवरुद्ध भएको बिद्युत पुनः सञ्चालनमा ल्याउन दुइदिनको जनश्रम गरेका थिए ।

उक्त जनश्रम पछि विद्युत सेवा सञ्चालनमा आएको नेकपाले जनाएको छ । स्थानीयहरुले जनश्रम बापत पार्टीलाई धन्यवाद दिएका छन् भने यता पार्टीका नेताहरुले पनि आफुहरुलाई काम गर्न दिएको भन्दै आभारी प्रकट गरे ।

जनश्रम कार्यक्रममा अछाम जिल्ला पार्टीका इन्चार्ज तर्कराज, सेक्रेटरी प्रतिक र कार्यालय सचिव प्रज्वलनसँगै पार्टीका अन्य सदस्यहरु लगायत २५ जनाको टिम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :