भारतमा १ करोड ९ लाख २५ हजार कोरोना सङ्क्रमित, १ लाख ५५ हजारको मृत्यु

भारतमा १ करोड ९ लाख २५ हजार कोरोना सङ्क्रमित, १ लाख ५५ हजारको मृत्यु

काठमाडौँ : भारतमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या १ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ७६ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १ लाख ५५ हजार ८४० पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घन्टामा ९ हजार १३९ जनामा सङ्क्रमण भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ९ लाख २५ हजार ३११ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ६ लाख ३० हजार ८९२ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ । अव भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ३८ हजार ५७९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :