जनयुद्धका शुरुवातकर्ता सुदर्शनले नख्खु कारागारबाट भने सम्पूर्ण राजबन्दीहरुलाई रिहा गरियोस्

काठमाडौँ : नेपालमा दश वर्षसम्म चलेको शसस्त्र र महान जनयुद्धका शुरुवात कर्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ अहिले नख्खु कारागारमा बन्दी छन् । प्रचण्ड बाबुरामहरुले जनयुद्धका उपलब्धीहरुलाई संसदीय ब्यवस्थामा पुर्याएर अवसान गराएपछि यो ब्यवस्थासँग असहमति राखेकै कारण कम्युनिस्ट नामको सरकारले नै जनयुद्धका एक हस्ती सुदर्शनलाई अहिले कागारगारमा कोचेको हो ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले रुकुमको राडी, रोल्पाको होलेरी र सिन्धुलीको सिन्धुली गढीमा रहेका तिन प्रहरी चौकी हमला गरेर नेपालमा शसस्त्र जनयुद्धको घोषणा गरेको थियो । यी तिन प्रहरी चौकी हमला गर्दा रुकुमको राडी प्रहरी चौकी कारवाहीको नेतृत्व तिनै सुदर्शन र गणेशमान पुनले गरेका थिए, भने रोल्पाको होलेरीमा रहेको प्रहरी चौकी आक्रमणको नेतृत्व कृष्णबहादुर महरा, नन्द किशोर पुन र बर्षमान पुनहरुले नेतृत्व गरेका थिए । यस्तै सिन्धुलीमा रहेको प्रहरी चौकी आक्रमणको नेतृत्व हरिवोल गजुरेल लगायतले गरेका थिए । यी मध्ये सुदर्शन बाहेक सवै नेताहरु यही संसदीय ब्यवस्थामा पटक–पटक लाभको पदमा पुगिसकेका छन् र पासाङ अहिले देशको उपराष्ट्रपति छन् । तर यो राजनैतिक प्रणालीसँग असहमति राखेको कारण विद्रोही नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित सो पार्टीका सयौँ नेता कार्यकर्ताहरु हाल यो व्यवस्थाको जेल हिरासतमा छन् ।

आफ्नै सहकर्मीहरुद्धारा नै बन्दी बनाइएका तिनै सुदर्शनले फागुन १ गते महान जनयुद्धको वर्षगाठको अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दै भनेका छन् – हामीले फरक राजनैतिक आस्था र विचार राखेकै कारण यो राज्य सत्ता अन्तर्गत रहेको न्यायलयको दृष्टिमा दोषी भएका छौ । अन्यायीहरुले शासन गरेको देशमा असली न्यायप्रेमीहरु झ्यालखानामा थुनिने कुनै अनौठो कुरा होइन । नेपाली जनक्रान्ति र जनआन्दोलनको इतिहासमा पटक–पटक धोका दिने विश्वास घातीहरु र जनघातीहरु वास्तविक अपराधी हुन् । दश वर्षको महान जनयुद्धका शहिदहरु घाइते अपाङ्ग योद्धाहरु वेपत्ता योद्धाहरुको सपना लक्ष्यप्रति विश्वास घात गर्दै संसदीय ब्यवस्थामा पुग्नेहरु वास्तविक अपराधी हुन् । अहिले उनीहरु जनतालाई भ्रमित पार्न सडकमा भुतभुताइरहेका छन् तर हामी जनयुद्धका बाहकहरु वैज्ञानिक समाजवादको लक्ष्यमा पुगेरै छोड्ने प्रतिवद्धता गर्नेहरु झ्यालखानामा कोचिएका छौँ ।

जनयुद्धको २६ औँ वर्षगाठको यो अवसरमा नख्खु परिसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै सुदर्शनले देशका विभिन्न कारागारमा फरक राजनैतिक आस्थाको आधारमा जवरजस्त कोचिएका राजबन्दीहरुको शिघ्र रिहाइको माग गरे । साथै उनले नेपाली जनआन्दोलन र जनयुद्धको इतिहासमा शहादत प्राप्त गर्ने अमर सहिदहरु घाइते वेपत्ता योद्धाहरु र धोका पाइरहने जनताहरुको सपना पूरा गर्ने प्रतिवद्धता जाहेर गरे । जनयुद्ध दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगीताको सकारात्मक नतिजा पछि सुदर्शनले भने –‘हामीले कारागारमा भएपनि ज्ञानप्राप्तिको लागि कडा मेहनत गरिरहेका छौँ, ज्ञान भनेको अन्धकारमा उज्यालो ल्याउने र झ्यालखानामा स्वतन्त्रता ल्याउने र अन्यायी शासन ब्यवस्थाको अन्त गर्ने महत्वपूर्ण अस्त्र हो । हामीले ज्ञानद्वारा आफ्नै जीवनमा क्रान्ति ल्याउने छौँ र बाहिर ठुलो झ्यालखानामा रहेका जनताको मुक्ति गर्ने छौँ । हामीले हरेक झ्यालखानालाई सच्चा ज्ञान प्राप्तिको तपस्या स्थल र प्रयोगशाला बनाऔँ जसले शोषकहरुको आसुरी सत्ता डगमगाओस र जनताको बैज्ञानिक समाजवादी सत्ता प्राप्त होस् । कारागारभित्र रहनेहरुले कैयौँ जगन्य गल्ती गरेको भएपनि त्यसलाई हटाउने एक मात्र माध्यम बैज्ञानिक ज्ञान र ब्यवहारको समायोजन नै हो । ज्ञान र ब्यवहारको समायोजनले नै हरेक झ्यालखानाहरु सुधारगृहमा बदलिन सक्छन् । यही अर्थमा महान जनयुद्धको २६ औँ बार्षिकोत्वसको अवसरमा सबै बन्दीहरुको शिघ्र रिहाईको शुभकामना ब्यक्त गर्दछु ।’

हाजिरी जवाफ प्रतियोगीतामा भरत गौतम टोली नेता रहेको टिम १ लोकेन्द्र खड्का टोली नेता रहेको टिम २ दोर्ची शेर्पा टोली नेता रहेको टिम ३ र मनिष बस्नेत टोली नेता रहेको टोली नम्वर ४ ले भाग लिएका थिए । ८१ वटा प्रश्नहरु सोधिएकोमा १२ वटा बाहेक सवै प्रश्नको जवाफ आएको थियो । प्रतियोगीतामा टोली नम्वर प्रतियोगीतामा प्रथम हुनेलाई १५ सय द्धितिय हुनेलाई १ हजार र तृतिय हुनेलाई ५ सय पुरस्कारको ब्यवस्था गरिएको थियो ।

प्रतियोगिताको नतिजा घोषणा गर्दै सृजनले प्रथम द्धितिय र तृतिय हुनेलाई बधाई ज्ञापन गर्दै चौथो हुनेलाई आगामी दिनमा थप प्रयत्न गर्न प्रोत्साहन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :