विश्वभर ८ करोड ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ८ करोड ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८ करोड ८ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ९८ हजार ३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ८ करोड ८ लाख ७१ हजार ३५१ पुगेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ४ लाख २१ हजार १३८ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड ८७ लाख १२ हजार ३६८ पुगेको छ ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या २३ लाख ९२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १२ हजार २२९ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २३ लाख ९२ हजार ५८८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५४ लाख ४७ हजार १३६ पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेकामध्ये ९९ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ४ लाख ९२ हजार ४१९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :