युवा संगठन नेपालद्वारा जनकपुरमा मसालजुलुस

युवा संगठन नेपालद्वारा जनकपुरमा मसालजुलुस

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जनकपुर ब्युरोको आयोजनामा जनकपुरमा मसालजुलुस गरिएको छ ।

युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज छिरिङको नेतृत्वमा भएको मसालजुलुसपछि कोणसभा कार्यक्रम पनि गरिएको छ ।

सयौं युवाहरुको उपस्थितिमा मसाल जुलुस सम्पन्न गरिएको बताइएको छ । उपस्थित युवाहरुले भ्रष्टाचारीहरु होसियार, संसदिय व्यवस्था मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, २६ औं जनयुद्ध दिवस भव्यताका साथ सफल पारौं, आस्थाका बन्दीहरुलाई रिहाई गर, वीर सहिद लालसलाम जस्ता भन्ने नारा लगाइएको थियो ।

सभामा बोल्दै छिरिङले लाखौँ देशभक्ति युवाहरु एक भएर मक्किएको संसदिय व्यवस्थाको विरुद्धमा क्रान्ति गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :