प्रचण्ड पथ : फ्युजन, कन्फ्युजन र डिफ्युजन

प्रचण्ड पथ : फ्युजन, कन्फ्युजन र डिफ्युजन

विक्रम सम्बत् २०५२ सालबाट शुरु भएको माओवादी जनयुद्ध यहि फागुन १ गते २५ बर्ष पुरा भएर २६ औं बर्षमा प्रवेश गर्दैछ । अनौपचारिकरुपमा वि.सं. २०६२ मंसिर ७ र औपचारिकरुपमा वि.सं. २०६३ मंसिर ५ देखि शुरु भएको शान्ति प्रक्रिया एवम् यहि प्रक्रियाको एउटा उपचरणकारुपमा वि.सं. २०६५ जेष्ठ १५ गते घोषणा गरिएको लोकतान्त्रिक गणतन्त्रको घाम–छायाँ आज नेपाली जनताले तापिरहेकाछन् । राजनीतिको तामपानमा खासै स्थिरता भने छैन । तापमान कहिले तिब्र बढ्ने त कहिले स्वात्तै घट्ने भैरहेको छ । राजनैतिक आकासमा थरी–थरीका वादल अझैं मडारीरहेकाछन् । कहिले खडेरी त कहिले बाढि पहिरो, कहिले हिमपात त कहिले असिनापात निरन्तर जारी छ । संक्षिप्तमा भन्ने हो भने माओवादी र सात दलीय गठबन्धनबीच सहकार्यकारुपमा परिचित शान्ति प्रक्रिया अर्थात् जनयुद्ध र जनआन्दोलन दुईको योगमा नेपाली जनताले जुन प्रकारको स्वाधिन, आत्मनिर्भर र समृद्ध जिवनको परिकल्पना गरेका थिए त्यो हासिल हुन सकेन । स्वभाविक कुरा के हो भने अग्रगामि सामाजिक रुपान्तरण बिना शान्ति, स्थिरता र समृद्धि असम्भव हुन्छ । अझ त पछिल्ला राजनैतिक घटनाक्रमहरुले प्रतिगमन, अस्थिरता, अशान्ति र पराधिनता झन् ज्यादा निम्त्याउने खतरा बढेर गैरहेको छ ।

जे जस्तो भए पनि विगतको गर्भबाटै वर्तमानको जन्म भएको हुन्छ र विगतप्रति वर्तमानको पूर्ण उत्तरदायित्व रहन जान्छ । हामिले जुन वर्तमान भोगिरहेका छौं त्यो विगतकै कर्मको प्रतिफल हो । आज हामिले भोगिरहेको लोकतान्त्रिक गणतन्त्र त्यसको अपवाद हुने कुरै भएन । लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख साझेदारको हैसियतले माओवादी जनयुद्धको एउटा परिणति पनि हो, लोकतान्त्रिक गणतन्त्र । यद्यपि लोकतान्त्रिक गणतन्त्रको अर्को साझेदार जनआन्दोलन दुई अर्थात् सात दलिय गठबन्धन पनि हो । त्यसको समिक्षा अर्को प्रसंगमा गरौला ।

लोकतान्त्रि गणतन्त्रका नाममा आज जुन उन्यू देशको राजनीतिमा फूलिरहेको छ त्यसको एउटा भागिदारकोरुपमा रहेको माओवादी जनयुद्धप्रति गम्भिर उत्तरदायित्व बोध गर्दै यो आलेखमा केहि चर्चा गर्ने प्रयास हुनेछ । साँचो कुरा यो हो कि जनयुद्धको लक्ष्य र सपना आज जे भैरहेको छ त्यो विल्कुलै थिएन । लक्ष्य र उद्देश्य बिना यो कसरी भयो त ? प्रश्न उठ्ने नै भयो ! त्यसका लागि अलिकति जनयुद्धको वैचारीक पाटो तिर मोडिनु पर्ने हुन्छ ।

साँचो कुरा यो हो कि जनयुद्धको लक्ष्य र सपना आज जे भैरहेको छ त्यो विल्कुलै थिएन । लक्ष्य र उद्देश्य बिना यो कसरी भयो त ? प्रश्न उठ्ने नै भयो ! त्यसका लागि अलिकति जनयुद्धको वैचारीक पाटो तिर मोडिनु पर्ने हुन्छ ।

नेपालमा माओवादी पार्टीले जुन जनक्रान्तिको थालनी गरेको थियो त्यो मुलतः दीर्घकालिन जनयुद्धको चीनीयाँ तरिकामा निर्भर थियो । चीनीयाँ क्रान्तिको प्रमुख नेतृत्व कमरेड माओले गरेका थिए र उनको त्यो वैचारीक मार्गदर्शनलाई विश्वभरका क्रान्तिकारीहरुले माओवादकारुपमा संश्लेषण गरेकाछन् । त्यसैले नै नेपाली क्रान्ति माओवादी जनयुद्धकारुपमा परिचित हुन गयो । नेपालमा थालनी गरेको त्यो क्रान्तिको उद्देश्य पनि चीनीयाँ क्रान्तिको झैं राष्ट्रिय पूजीवादको स्थापना गर्ने नै थियो । त्यसलाई कम्युनिष्ट पार्टीको वैचारीक नेतृत्वमा सम्पन्न गरिने किसान, मजदुर र राष्ट्रिय पूजीपति वर्ग सम्मिलित नयाँ जनवादी क्रान्ति अर्को अर्थमा राष्ट्रिय पूजीवादी क्रान्ति भनिएको थियो । नयाँ जनवादी क्रान्तिले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजिविका सम्बन्धिका समस्याहरुलाई देश र जनताको हित अनुकूल निरुपण गर्ने भनिएको थियो । नेपालको सन्दर्भमा जनयुद्धको त्यो तरीकालाई नेपाली मौलिकतामा संचालन गर्दै जाँदा त्यसलाई प्रचण्ड पथकोरुपमा संश्लेषण गरीयो ।

नेपाली इतिहासमा स्वर्णाक्षरले अंकित महान् जनयुद्धका महानायक कमरेड प्रचण्डको नाममा संश्लेषित प्रचण्ड पथ नेपाली जनयुद्धको वैचारीक प्राधिकार एवम् नेपाली क्रान्तिको मौलिक विचार श्रृंखला थियो । यो नेपाली धर्तीमा मुक्ति र स्वतन्त्रताका लागि बगेको रगत–पसिना, त्याग–वलिदान र सौर्यको केन्द्रिकृत एवम् सामुहिक अभिव्यक्ति थियो । यसअर्थमा भन्न हो भने नेपाली जनयुद्ध र प्रचण्ड पथ एक अर्कोमा अन्योन्याश्रित थिए । जनयुद्ध बिनाको प्रचण्ड पथ र प्रचण्ड पथ बिनाको जनयुद्ध त्यो बेला कल्पना गर्न साँच्चै सम्भव थिएन । जनयुद्धले प्रचण्ड पथको जन्म दियो र प्रचण्ड पथले जनयुद्धको अग्र नेतृत्व प्रदान गर्यो ।

जनयुद्ध सञ्चालनका पाँच बर्ष पछि, वि.सं. २०५७ सालमा मात्र प्रचण्ड पथको जन्म भएको थियो । यद्यपि, वि.सं. २०५१ साल देखि नै प्रचण्ड पथको गर्भधारण भैसकेको थियो । जतिबेला प्रचण्ड पथको जन्म भयो त्यसलाई फ्यूजनको ‘कवच कुण्डल’ अर्थात् लाईफ ज्याकेट प्रदान गरीयो । अतः फ्यूजनको रक्षा कवच लगाउदासम्म प्रचण्ड पथका रुपमा संश्लेषित जनयुद्धले अकल्पनिय हार खासै बेहोर्नु परेन । बरु, उत्पिडित र उपेक्षितहरुको मुक्ति मार्ग बन्यो– प्रचण्ड पथ अर्थात् नेपाली जनयुद्ध । उत्पिडित किसान र मजदुर मात्र होईन उपेक्षित थारु, मधेसी, जनजाती, दलित, महिला सबै जनयुद्धका सिपाही बने । प्रचण्ड पथका अनुयायी बने । उनिहरुका छाती प्रचण्ड पथका अमोघ ढाल एवम् उनिहरुको साहस प्रचण्ड पथका धारीलो तलवार बने । उनैका वस्तीहरु प्रचण्ड पथका अभेद्य लालकिल्लाहरु थिए ।

वि.सं. २०६१ को बर्ष आईपुग्दा प्रचण्ड पथको आँतमा चिसो घुस्न शुरु भयो र कहिले काहिँ कम्पनको समेत अनुभूव हुन थाल्यो । तत्कालित वरिष्ट नेता मोहन वैद्य ‘किरण’को भारतीय भूमिमा भएको गिरफ्तारी र अर्का वरिष्ट नेता बाबुराम भट्टराई ‘लालध्वज’को कार्बाही प्रचण्ड पथको जग हल्लाउने विशिष्ट आन्तरिक परिघटनाहरु थिए, ति एक अर्कासँग जोडिएका समेत थिए । त्यसमाथि थपिएको तत्कालिन राजा ज्ञानेन्द्रको सैनिक ‘कू’ ले पनि प्रचण्डपथिय आसन डगमगाउनमा सहयोगि भूमिका प्रदान गर्यो । विशेषतः वि.सं. २०६१ चैत्र २५ गते रुकुम जिल्लाको खारा स्थिति तत्कालिन शाही नेपाली सेनाको ब्यारेकमाथि जनमुक्ति सेनाले गरेको आक्रमण असफल भएपछि प्रचण्ड पथको जमिन नराम्ररी खजमजिन पुग्यो । यसर्थ कि खारा आक्रमण प्रचण्ड कमरेडको प्रत्यक्ष निर्देशनमा गरिएको थियो । खारालाई ‘दिग्विजयको ढोका’ बनाउने प्रचण्ड कमरेडको सपना सिसाको भाँडो झैं नराम्ररी चकनाचुर भयो र त्यही बिन्दुबाट उनले फ्यूजनको पहिरन फालेर कन्फ्युजनको पहिरन शुरु गरे ।

अन्ततः डबल नेकपाको अन्तरकलह संसद विघटन र पार्टीको बिभाजनसम्म पुग्यो । डिफ्यूजनको पछिल्लो परिणामकोरुपमा हाल अभिव्यक्त संसद विघटनको परिघटनाले सिंगो राजनीतिलाई नै चुनाव या संसदको पूनःस्थापना भन्ने दुई कित्तामा बिभाजित गरिदिएको छ । नजाने यो डिफ्यूजनको अन्त्य अझै कहाँसम्म पुगेर हुने हो ?

कन्फ्यूजनकै यहि पृष्ठभूमिमा वि.सं. २०६२ को मंसिर देखि प्रचण्ड पथ कन्फ्यूजनको सुरुङ् भित्र छिर्न शुरु गर्यो । भारतको दिल्लीमा तत्कालिन सात दलसँग भएको १२ बुँदे सम्झौता नै त्यो सुरुङ् मार्ग प्रवेशको मुख्य गेट थियो । एकातिर क्रान्तिका सामु गजधुम्म उभिएको तारे भिर र अर्कोतिर पाईताला मुनिबाटै सुसाउदै हिडिरहेको प्रतिक्रान्तिको साउने भेलको दोहोरो चेपमा परेर प्रचण्ड पथले ‘एक पेटे दुई टाउके चरा’ झैं दोहोरो बोली बोल्न शुरु गर्यो । पार्टी भित्र एउटा कुरा र बाहिर अर्कै कुरा, पार्टीमै पनि आफुलाई विश्वास लाग्नेहरुसँग एउटा कुरा र अरुसँग अर्कै कुरा । कन्फ्युजन यत्तिमै सिमित रहेन । एकातिर नयाँ जनवादी क्रान्तिको गित र अर्कोतिर लोकतान्त्रिक गणतन्त्र(संसदिय) को संगितसँगै शुरु भएको कन्फ्यूजनको नृत्य एकातिर बिद्रोहको मादल र अर्कोतिर चुनावको झ्याली बजाउदै जनतासम्म पुग्यो । शुरुमा कार्यकर्ताहरु मात्र कन्फ्यूजनमा थिए, त्यसपछि त आम जनता नै कन्फ्यूजनको पर्दाले ढाकिन थाले । अन्ततः भौतिकवादको सूर र अध्यात्मवादको तालसम्म आईपुग्दा प्रचण्ड पथले ‘विज्ञानको प्रकासमान चुचुरो’मा पुग्ने आँट गर्न सकेन बरु, विस्तारै पतनको ओरालोतिर झर्न शुरु गर्यो । महान् जनयुद्ध अर्थात् प्रचण्ड पथ अब कन्फ्यूजनको अँध्यारो सुरुङ् भित्र सर्लक्क छिर्यो ।

संविधानसभाको पहिलो चुनाव र त्यसको मत परिणामले माओवादी आन्दोलनमा कन्फ्यूजनको तुवाँलो झन् बाक्लो बनाईदिएको थियो । तर, जब माओवादी जनमुक्ति सेनालाई छिन्न भिन्न पारीयो र संविधानसभाको समेत विघटन गरियो तब कन्फ्युजनको तुवाँलो केहि पातलो बन्न थाल्यो । संविधानसभाको दोस्रो चुनाव, प्रचण्ड समुहको कमजोर उपस्थिति, संविधानको घोषणा र तत्कालिन एमालेसँग प्रचण्ड समुहको एकतासम्म आईपुग्दा कन्फ्यूजनको तुुवाँलो छ्याङ्ग भयो ।

कन्फ्यूजनको अन्त जतिबेला भयो त्यतिबेलासम्म त्यसले डिफ्यूजनको नियती धारण गरिसकेको थियो । हुन त कन्फ्यूजन आफैमा डिफ्यूजनको आरम्भ विन्दु नै थियो तर, त्यो पूर्ण डिफ्यूजन भने थिएन । प्रचण्ड पथले जतिबेला डिफ्यूजनको पहिरन शुरु गर्यो तब माओवादी आन्दोलन र त्यसका अवयवहरु कुनै पनि सग्लो रहेका थिएनन् । जनयुद्ध खण्डहरमा परिणत भैसकेको थियो । डिफ्यूजन त्यत्तिमै पनि सिमित रहेन । पूर्व एमाले–माके मिलेर पूनर्गठित पार्टी डबल नेकपाको अन्तरकलहकोरुपमा समेत त्यो पुत्पुताउन शुरु गर्यो । अन्ततः डबल नेकपाको अन्तरकलह संसद विघटन र पार्टीको बिभाजनसम्म पुग्यो । डिफ्यूजनको पछिल्लो परिणामकोरुपमा हाल अभिव्यक्त संसद विघटनको परिघटनाले सिंगो राजनीतिलाई नै चुनाव या संसदको पूनःस्थापना भन्ने दुई कित्तामा बिभाजित गरिदिएको छ । नजाने यो डिफ्यूजनको अन्त्य अझै कहाँसम्म पुगेर हुने हो ?

नेपाली समाज र नेपाली राजनीतिको अग्रगमनका लागि अब नयाँ नेतृत्व, नयाँ विचार र नयाँ प्रक्रिया आवश्यक भैसकेको छ । नयाँ फ्यूजनका आवश्यकता भैसकेको छ । महान् जनयुद्धको २६ औँ बार्षिकोत्सवका अवसरमा प्रचण्ड पथिय डिफ्यूजनको ओरालोमा होईन नयाँ फ्यूजनको प्रकाशमान उकालो यात्रा तय गरौं । नेपाली जनता र नेपाली क्रान्तिलाई ध्रुविकृत, केन्द्रिकृत र एकिकृत गरौँ । फागुन एक र जनयुद्ध दिवसले यहि उत्प्रेरणा सबैलाई प्रदान गरोस् भन्ने हार्दिक शुभकामना !

फ्यूजन र डिफ्यूजन विकासको निरन्तर प्रक्रिया हो । फ्यूजन पछि डिफ्यूजन र डिफ्यूजन पछि फ्यूजन अनिवार्य हुन जान्छ । नेपाली राजनीतिले यो २५ बर्षको अवधिमा एउटा गम्भिर कोर्ष पुरा गरिसकेको छ । जसरी हर व्यक्ति जिवनभर इमान्दार, साहसी र क्रान्तिकारी रहिरहन सम्भव हुदैन ठिक त्यसैगरी प्रत्येक सिद्धान्त सदाकालको लागि पुर्ण हुदैन । प्रचण्ड कमरेड हिजो इमान्दार, साहसी र क्रान्तिकारी हुनुहन्थ्यो आज त्यो हुनुहन्न । त्यसैगरी प्रचण्ड पथ हिजो जति वस्तुगत र पूर्ण थियो त्यो आज छैन । जतिबेला प्रचण्डपथले फ्यूजनको पहिरन त्याग्यो तब प्रचण्ड पथ शस्त्रहिन भैसकेको थियो । प्रचण्ड पथ खोक्रो बनिसकेको थियो । त्यो सामुहिकताबाट बिचलित भएर एकादुई व्यक्तिको तजविजमा संकुचित भैसकेको थियो । अतः फ्यूजनहिन प्रचण्ड पथमा जनयुद्धको आत्मा हराईसकेको थियो । इतिहासको नियम नै यो हो कि हरेक पुरानोको ठाऊँ नयाँले लिन अनिवार्य हुन्छ । नेतृत्व र विचार पनि सधै उहि रहिरहदैन ।

यदि प्रचण्ड पथको ‘फ्यूजन प्रोसेस’ सफल भएको भए आज नेपालमा नयाँ जनवादी गणतनत्र स्थापित भैसकेको हुने थियो । जनयुद्धका महानायक कमरेड प्रचण्ड स्वयम्ले जब प्रचण्ड पथ त्यागेर पुरानै प्रतिगामि संसदिय पथ हिड्न शुरु गरेपछि जनयुद्ध कन्फ्यूजन हुद डिफ्यूजनको खाल्डोतिर ओरालियो । अतः त्यसको ‘डिफ्यूजिङ् प्रोसेस’ अन्तर्गत ‘बाई प्रोडक्ट’कारुपमा कथित लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । लोकतान्त्रिक गणतन्त्र पुजिवादी संसदिय गणतन्त्र हो भन्ने कुरामा आज कहि कतै दुई मत छैन । त्यसबाट नेपाली समाजको अग्रगमन सम्भव छैन भन्नमा पनि उत्तिकै मतैक्य छ । नेपाली समाज र नेपाली राजनीतिको अग्रगमनका लागि अब नयाँ नेतृत्व, नयाँ विचार र नयाँ प्रक्रिया आवश्यक भैसकेको छ । नयाँ फ्यूजनका आवश्यकता भैसकेको छ । महान् जनयुद्धको २६ औँ बार्षिकोत्सवका अवसरमा प्रचण्ड पथिय डिफ्यूजनको ओरालोमा होईन नयाँ फ्यूजनको प्रकाशमान उकालो यात्रा तय गरौं । नेपाली जनता र नेपाली क्रान्तिलाई ध्रुविकृत, केन्द्रिकृत र एकिकृत गरौँ । फागुन एक र जनयुद्ध दिवसले यहि उत्प्रेरणा सबैलाई प्रदान गरोस् भन्ने हार्दिक शुभकामना !

३० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :