अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

सुर्खेत : अखिल (क्रान्तिकारी) जिल्ला समिति सुर्खेत र मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा बिहीबार सुर्खेतमा प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारी) सुर्खेतका संयोजक तुलराज तिरुवा ‘अकाश’ मध्यपश्चिम विश्वविद्यालय संयोजक जेनुन बुढाथोकी, भैरव मा.वि.संयोजक उपेन्द्र शाही लगायतका विद्यार्थी नेताहरूको नेतृत्वमा सुर्खेतमा प्रदर्शन गरिएकोहो ।

प्रदर्शनका क्रममा हत्यारालाई कारवाही गर, बलात्कारीलाई फाँसी दे, अखिल (क्रान्तिकारी) जिन्दावाद, भागरथीलाई न्याय दे, महिला दिदी बहिनीहरुको सुरक्षाको ग्यारेन्टी गर लगायतका चर्का नारासहित विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । विरोध जुलुस पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) सुर्खेत संयोजक तुलराज तिरूवाले बलात्कारीलाई सार्वजनिक गरि अविलम्ब कारवाहीको माग गरे । सरकारले हत्यारालाई सार्वजनिक गर्न समेत नसकेको भन्दै आफ्नो संगठन निरन्तर आन्दोलनमा रहने र खबरदारी गरिरहने बताए ।

निर्मला पन्त र सम्झना बि.क.को बलात्कारीको सरकारले ढाकछोप गरिरहेको समेत उनले आरोप लगाए । कोणसभालाई सम्बोधनकै क्रममा अखिल (क्रान्तिकारी) का नेता लोकेश जोशीले सरकारकै संरक्षणमा हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधका घटना बढिरहेको बताउँदै आफ्नो संगठन निरन्तर संघर्षमार्फत यो सत्ताको विकल्प खोजिरहेको र आन्दोलनमा सम्पूर्ण जनतालाई साथ दिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :