वली सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

वली सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : बजारमा उपभोग्य वस्तुको मूल्यले उपभोक्ताको ढाड सेकिरहेको बेला केपी वली सरकारले सर्वसाधारणमाथि भार थपेर फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले हिजो पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ बढाएको हो ।

कोरोना महामारीका कारण प्रभावित यातायात क्षेत्रलाई राहत दिनुपर्ने बेलामा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेर व्यवसायीको ढाड सेक्ने काम गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :