रामकुमारी झाँक्री साढे ५ घण्टापछि रिहा

रामकुमारी झाँक्री साढे ५ घण्टापछि रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्री साढे ५ घण्टापछि रिहा भएकी छिन् । शंखमूलस्थित उनको निवासबाटै प्रहरीले दिउसो १ बजे नियन्त्रणमा लिएको थियो । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो ।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले जनताका संघर्षका उपलब्धिमाथि संविधान नै च्यातचुत पार्ने प्रयास भएको प्रतिक्रिया दिएकी छिन् । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :