अमेरिकामा २ करोड ७८ लाख ९७ हजार सङ्क्रमित, ४ लाख ८३ हजारको मृत्यु

अमेरिकामा २ करोड ७८ लाख ९७ हजार सङ्क्रमित, ४ लाख ८३ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड ७८ लाख ९७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ९६ हजार ८०६ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ७८ लाख ९७ हजार २१४ पुगेको हो । यसअघि २७ मंसिरमा एकैदिनमा अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ७८ लाख २७ हजार ३२३ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ४ लाख ४३ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४३२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ४ लाख ८३ हजार २०० पुगेको छ । त्यस्तै उपचार गराइरहेका ९५ लाख ८६ हजार ६९१ जनामध्ये २१ हजार १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :