प्रशान्त महासागरमा शक्तिशाली भुकम्प, ३.३ फुट सुनामीको चेतावनी

प्रशान्त महासागरमा शक्तिशाली भुकम्प, ३.३ फुट सुनामीको चेतावनी

काठमाडौं : दक्षिण प्रशान्त महासागरमा ७.७ रेक्टरस्केलको शक्तिशाली भुकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भुकम्पसँगै सुनामी गएको हो ।

बुधबार साँझ ७.७ रेक्टरस्केलको भुकम्प गएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जनाएको छ । भुकम्पको केन्द्रविन्दु लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा रहेको छ । भुकम्पको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको बताइएको छ । भुकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।

यसैबीच दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भुकम्प गएका कारण सुनामी आएको अष्ट्रेलियाको मौसम एजेन्सीले पुष्टि गरेको छ । व्युरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ । भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने अमेरिकी सुनामी केन्द्रले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :