चार पार्टीको राजनीतिक संयुक्त मोर्चा घोषणा हुँदै

चार पार्टीको राजनीतिक संयुक्त मोर्चा घोषणा हुँदै

काठमाडौँ : वर्तमान संसदीय व्यवस्थाप्रति असहमत रहँदै वैज्ञानिक समाजवादका पक्षधर चार राजनीतिक पार्टीहरु मध्ये नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी बीच नेपालको इतिहासमा पहिलो पटक रणनीतिक संयुक्त मोर्चा गठन गरी त्यसको घोषणा कार्यक्रम आज काठमाडौँ कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै आरम्भ भएकोछ । सोही कार्यक्रमबाटै रणनीतिक संयुक्त मोर्चाको नीति कार्यक्रम र सांगठनिक स्वरुपबारे घोषणा गर्ने आयोजकहरुले बताएका छन् ।

प्राप्त जानकारी अनुसार चार पार्टीको संयुक्त मोर्चाले प्रारम्भिक चरणमा बुटवलमा फागुन ६ गते, धनगढीमा १४ गते र इटहरीमा २१ गते जनसभा गर्ने संघर्षका कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :