अखिल (क्रान्तिकारी) कैलालीद्वारा भागरथीको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

अखिल (क्रान्तिकारी) कैलालीद्वारा भागरथीको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारी हत्यारालाई कारवाहीको माग गर्दै लम्कीमा कालो ब्यानर, पर्चा, पम्पेलेटसहित पदर्शन गरेको छ । उक्त विरोध पदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङसिंह लगायत जिल्ला तहका विद्यार्थी नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

जनजागृति मा.बि.को गेटबाट सुरु गरेको विरोध र्यालीमा बलात्कारी हत्यारालाई कारवाही गर, सामाजिक सुरक्षाको ग्यारेन्टी गर, महिला हिंसा बन्द गर, अखिल (क्रान्तिकारी) के भन्छ ? बलात्कारी हत्यारालाई कारवाही गर भन्छ, हत्या हिंसा बलात्कार – केपी ओलीको चमत्कार जस्ता नाराहरुसहित उक्त र्याली कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय सदस्य बबरजङसिंहले भागरथी भट्टले न्याय नपाउन्जेलसम्म संघर्ष गरिरहने भन्दै सामाजिक न्यायको लडाइँमा सबैलाई आन्दोलनमा होमिन अपिल गरे । उनले, यो सरकार र यो ब्यवस्थाले बलात्कारी हत्याराको संरक्षण गरेकै कारण आज निर्मला पन्तले न्याय नपाएको र समाजमा यस्ता जघन्य अपराध बढिरहेकाले अब युवा विद्यार्थीले यो ब्यवस्था नै परिवर्तनको लागि संघर्ष गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :