भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बाँकेमा प्रदर्शन

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बाँकेमा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँकेले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार गरी हत्या गर्नेलाई कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन गरेको छ । मानवअधिकारको सुनिश्चित गर ! भागरथी भट्टको हत्यारालाई कारवाही गर !! भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूको जुलुस साझा चोकबाट सुरू भई कोहलपुर चोकको परिक्रमा गरेको थियो ।

देशमा महिला हिंसा र बलात्कार दिनप्रतिदिन बढ्दै गएको भन्दै विद्यार्थीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । आस्था र विचार राखेकै आधारमा मानवअधिकारको खिल्ली उडाउँदै नेकपाका नेता कार्यकर्ता पक्राउ गर्ने सरकारले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई भने कारवाही गर्न नसकेर विद्यार्थीहरू कारवाहीको लागि सडकमा आउनु परेको अखिल (क्रान्तिकारी) बाकेका अध्यक्ष डि.बि. शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :