नेपालमा आज ११८ जना कोरोना सङ्क्रमित निको भए

नेपालमा आज ११८ जना कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ११८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६८ हजार ५४९ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ६ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ६३ महिला र ७१ पुरुष गरी जम्मा १३४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा भक्तपुर ६ जना, ललितपुर ४ जना र काठमाडौँमा ५५ जना गरी जम्मा काठमाडौँ उपत्यकामा ६५ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ३ हजार ५६७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५३ रहेको छ । त्यसमा आई.सी.यु.मा ७२ जना र भेन्टिलेटरमा १६ जनाको उपचार भइरहेको छ । यसैगरी क्वारेन्टाइनमा ८८ जना रहेका छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २ हजार ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :