जनयुद्ध तिमी

कविता

जनयुद्ध, तिमी विगत भइसकेका छैनौँ
जनमुक्ति सेना, तिमी पूर्व भइसकेका छैनौँ
हो, तिमीलाई विगत बनाउन खोजिएको छ
हो, तिमीलाई पूर्व बनाउन खोजिएको छ
हो तिमीलई रुवाउँदै घर पठाइएको छ
तर तिमी इतिहास भइसकेका छैनौँ
तिमीले आत्मसमर्पण गरेका होइनौँ
इतिहासको कुपात्र त तिम्रो नेता भएको हो
आत्मसमर्पण त तिम्रो कमाण्डरले गरेको हो
जस्ले जबर्जस्त जनयुद्धको विसर्जन गर्यो
जस्ले जबर्जस्त जनसेनाको विघटन गर्यो
वर्ग संघर्षको मैदानमा
न जनयुद्धले हारेको हो
न जनमुक्ति सेना थाकेको हो
न जनयुद्ध समाप्त भएको हो
न जनमुक्ति सेना विघटित भएको हो
यो त क्षेणीक धोका मात्रै हो
यो त थोरै विश्राम मात्रै हो
हो जनयुद्ध तिमी विसर्जित भएका छैनौँ
हो लाल सेना तिमी विघटित भएका छैनौँ
तिमीले लडेका घाउहरू जीवित छन्
तिमीले खनेका बङ्करहरु जीवित छन्
तिम्रा अङ्गभङ्ग भएका निशानी जीवित छन्
शालिकमा सहिदहरू जीवित छन्
बेपत्ता योद्धाका आशाहरु जीवित छन्
शरीरमा छर्रा र गोली बोकेका
घाईते योद्धाहरू जीवित छन्
रक्तबिजहरु जीवित छन्
सहिद परिवारहरू जीवित छन्
तिम्रा आँशुहरु जीवित छन्
तिम्रा हाँसोहरु जीवित छन्
तिम्रा आशाहरु जीवित छन्
तिम्रा विचारहरू जीवित छन्
तिमी जस्का विरुद्ध लड्यौँ
ती दुस्मनहरू जीवित छन्
दलाल पुँजीवाद जीवित छ
दलाल पुँजीवादीहरु जीवित छन्
कालो रात उस्तै छ
अन्याएको राज उस्तै छ
जनताको हाल उस्तै छ
शासकको चाल उस्तै छ
शोषणको जाल उस्तै छ
हो त्यसैले त
महान जनयुद्ध तिमी पनि जीवित छौँ
महान् जनसेना तिमी पनि जीवित छौँ
बरु तिमी
नयाँ विचारले संलेषित भएका छौँ
नयाँ नेतृत्वले निर्देशित भएका छौँ
नयाँ ढङ्गले पुनर्गठित भएका छौँ
नयाँ कमाण्डरको फर्मेशनमा छौँ
किनकी
तिम्रो लक्ष्य पूरा भएको छैन
तिम्रो सपना साकार भएको छैन
देशले मुक्ति पाएको छैन
जनताको क्रान्ति पूरा भएको छैन
तिम्रो लडाइँ सकिएको छैन
राष्ट्रले स्वाधीनता पाएको छैन
त्यसकारण
जनयुद्ध तिमी विगत भएका छैनौँ
जनमुक्ति सेना तिमी पूर्व भएका छैनौँ
तिमी ढलेका छैनौँ
तिमी गलेका पनी छैनौँ
तिमी फेरि उठेका छौँ
तिमी फेरि जुटेका छौँ
हो तिमी वर्तमान हौँ
हो तिमी बहाल छौँ
तिमीले जनगणतन्त्र प्राप्त नगर्दा सम्म
तिमी बैज्ञानक समाजवादमा नपुग्दा सम्म
दोश्रो, तेश्रो चरण बन्न सकौला
नयाँ विचार प्रविधिले सुसज्जित हौला
तर
तिमी विगत हुने छैनौँ
तिमी पूर्व हुने छैनौँ
तिमी जारी रहने छौँ
तिमी जीवित रहने छौँ
तिमी वर्तमान हौँ
तिमी जीवित छौँ

मिति : २८ माघ, २०७७ गते बुधबार, राजबन्दी – हाल कैलाली कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :