अखिल (क्रान्तिकारी) द्वारा रुपन्देहीमा विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा रुपन्देहीमा विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) रूपन्देहीले बैतडी दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

भागरथी भट्टको घटना निर्मला पन्त लगायतका बालत्कृत बालिकाको जस्तै अन्योलमा नराखी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पुँजीवादीहरुले सञ्चालन गरिरहेका छन् । उक्त सत्तालाई जबसम्म राज्य व्यवस्था दलाल पुँजीवादीहरुले सञ्चालन गर्छन् तबसम्म यस्ता घटनाहरु दिन प्रतिदिन झन् डरलाग्दो तरिकाले घट्दै जाने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :