नेपालमा आज १६५ जना कोरोना सङ्क्रमित निको भए, २ जनाको मृत्यु

नेपालमा आज १६५ जना कोरोना सङ्क्रमित निको भए, २ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १६५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा जम्मा १६० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ४७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७३७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :