भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा विरोध प्रदर्शन

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा विरोध प्रदर्शन

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरले बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्यारालाई कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरको आयोजनामा बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगर र भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगर दुई स्कूलबाट निकालिएको र्याली करिब २ किलोमीटर हिडेर कोण सभामा परिणत भएको थियो । अखिल (क्रान्तिकारी) कञ्चनपुरले बैतडी दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

भागिरथी भट्टको घटना निर्मला पन्त लगायतका बलात्कृत बालिकाको जस्तै अन्योलमा नराखी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पुँजीवादीहरुले सञ्चालन गरिरहेका छन् । उक्त सत्तालाई जबसम्म राज्य व्यवस्था दलाल पुँजीवादीहरुले सञ्चालन गर्छन् तबसम्म यस्ता घटनाहरु दिन प्रतिदिन झन् डरलाग्दो तरिकाले घट्दै जाने समेत बताएका छन् ।

दलाल राज्य व्यवस्था अन्त्यका विकल्प देशमा बैज्ञानिक समाजवादी व्यवस्था भएमात्र जनताले शान्ति, सुरक्षा पाउने कुरा निश्चित छ भनेर विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष ललित एसकेले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :