परिवार र क्रान्तिबारे

परिवार र क्रान्तिबारे

मानवले मानवलाई शोषण गर्ने परम्पराको अन्त्य र समतामूलक मानव समाजको सर्वोत्कृष्ट सभ्यता र भब्यताको स्थापना साम्यवाद हो । वर्गीय शोषणमा आधारित प्रलयकारी पुँजीवादी राज्यसत्ताको बिलय र साम्यवाद उदयको निष्कर्ष नै माक्सवाद हो । सम्पतिमाथिको ब्यक्तिगत स्वामित्वलाई सामुहिक स्वामित्वमा बदल्दा विश्व मानव जातिबीचको झगडा अन्त्य हुन जानेछ । परन्तु, परिवार संरचानाको बिकास र निजी स्वामित्व बिकासको नालीबेली कोट्याउदै जाने हो भने रोचक तथ्यहरु फेला पर्दछन् । वर्गीय शोषणको संरक्षक खोज्दै जाँदा पुँजीवादी क्रुर राज्य सत्ताको भद्दा प्रणाली फेला पर्दछ । यसै सन्दर्भमा प्रागैतिहासिक चरणहरु केलायौं भने रक्तपरिवार (बंश) ले सन्तान उत्पादनसँगै अन्न उत्पादनमा अरु प्राणीभन्दा श्रेष्ठता प्राप्त गरेकाले परिवारको अस्तित्व जन्मिएको पाइन्छ । संस्कृतिका प्रागैतिहासिक चरणहरुको अवस्था उल्लेख गर्ने क्रममा, मानवजातिको आदिम इतिहासलाई ब्यवस्थित ढङ्गले प्रस्तुत गर्न प्रयास गर्ने पहिलो विद्वान लुइस हेनरी मोर्गनका अनुसार ‘प्रकृतिमाथि मानवजातिको श्रेष्ठता र प्रभुत्वको स्तर कुन चरणमा छ भन्ने कुरामा यस उत्पादनमा प्राप्त दक्षताले नै निर्णायक भूमिका खेलेको हुन्छ स सम्पूर्ण जीवहरुमध्ये केवल मानिसले मात्र खाद्यपदार्थको उत्पादनमाथि प्रायः असीमित नियन्त्रण कायम गर्न सक्यो । मानव प्रगतिका सबै महान् युगहरु धेरथोर प्रत्यक्षरुपमै अस्तित्वका स्रोतहरुको विस्तारका चरणहरु अनुरुप हुन्छन् ।’ स्मरण रहोस्, शुरुमा मातृसत्ता नै स्थापित भएको पाइन्छ । यद्यपि एङ्गेल्सका अनुसार, सामाजिक बिकासको निम्न चरणमा कानुनी अर्थमा सत्ताजस्तो कुनै कुराको प्रादुर्भाव भइसकेको थिएन भन्ने टिप्पणी भएता पनि जब श्रमका जटिल सामाजिक प्रकृयामा मानव जातिले कदम चाल्न पुग्दछ, महिला भन्दा पुरुषले पशुपालन र खेतिपातीमा आफ्नो अधिक श्रमद्वारा सफलता पाउँदछ, पितृसत्ताको जन्म हुन पुग्दछ ।

लेखक : मोहलाल चन्द ‘आधार’

जब पितृसत्ताको जन्म हुन्छ, बंश परम्परा लागु हुनजान्छ । बंश परिवारको मान्यता भनेको बाबुको पट्टिवाट छोराछोरीको बंशावली निर्धारण हुनु हो । यत्तिमा सिमित नभएर उत्तराधिकारीलाई अंश दिनुपर्ने नियमको जन्म हुन पुग्दछ । यसरी बंशले अंश पाउदै जाँदा गणराज्यहरुको प्रादुर्भाव हुन पुगेको पाईन्छ । ब्यक्तिगत सम्पत्ति बंशको उत्तराधिकारीहरुलाई अंशको रुपमा बिभाजित गर्दै जाँदा र ब्यक्तिगत सम्पत्तिको बढोत्तरी र संरक्षणको लागि राज्यसत्ताको आवश्यकता खट्किएर राज्यसत्ताहरु जन्मिएको पाइन्छ । जब राज्यसत्ताको जन्म हुन्छ, श्रमिकहरु सत्ताबिहीन हुँदै जानु र मालिकहरु सत्तासिन भैरहनुले वर्ग विभाजनको खाडलहरु बढ्दै गए । यसरी ब्यक्तिगत सम्पत्तिमा आधारित सामाजिक वर्गहरुबीच सामाजिक अस्तित्वको लागि युद्ध, वर्गसंघर्ष, क्रान्तिको अपरिहार्यता हुन पुग्यो । परन्तु, राज्यसत्ताको प्रादुर्भाव हुनुपूर्व मानव पारिवार नै अस्तित्वमा थिए । तात्कालीन परिवारका रुपहरु हेरौं । १) हाडनाताको सम्बन्धमा आधारित परिवार (यस परिवारमा आमाबाबा, छोराछोरी एक आपसका पतिपत्नी हुन्थे । २) पुनालुआ परिवार (यो नजिकको साथी, सहयोगी, साझेदारी (प्रतिबन्धित हाडनाता सम्बन्ध) सामुहिक बिवाह प्रथामा आधारित परिवार संरचना थियो । ३) युगल परिवार (यो परिवार संरचनामा स्त्री एउटै कुल (गोत्र) पुरुष फरक कुल (गोत्र) मा आधारित बिवाह प्रथा थियो र यो स्त्री सत्ताको भौतिक आधार साम्यवादी कुटुम्ब समुदाय थियो । ४) एकनिस्ट परिवार (यो परिवार संरचना सभ्य युगको प्रादुर्भावको एक लक्षण थियो । ५) गोत्र (यो परिषद्, जनसभा, सेनानायक जस्ता संस्थाहरुको प्रबन्धमा आधारित थियो । ६) राज्यको उत्पत्ति (गोत्र प्रणालीका संस्थाहरुको पुनर्गठन गर्दै नयां संस्थाहरुको प्रबेशद्वारा अन्ततः गोत्रीय संस्थाहरुलाई विस्थापित गरी राज्यसत्तात्मक संस्थाहरुको स्थापना हुन पुग्यो । अब सशस्त्र जनताको स्थान सशस्त्र ‘सार्वजनिक सत्ता’ ले लिन पुग्यो र फलतः त्यो जनताको विरुद्ध प्रयोग गर्न सकिने पनि भयो । यसरी एकपछि अर्को पारिवारिक अस्तित्वहरु र प्रणालीहरु पनि उदय र बिलय हुँदै आएको कुरा प्रागैतिहासिक तथ्यगत अबस्थाहरले पुष्टि गरे । त्यसकारण बिद्यमान हाम्रा पारिवारिक प्रणालीहरु पनि आदि र अन्त्य दुबै होइनन् भन्ने सत्य साबित हुन आउछ । यी त विपुल आवश्यकता र गतिशील सामाजिक चेतनाका उपज मात्र हुन । परिवर्तित समाजको तिब्रतासँगै यी पनि बिकसीत र स्वतन्त्र हुँदै जानेछन् ।

परिवार कहिल्यै स्थिर हुँदैन र समाजले तल्लो चरणबाट माथिल्लो चरणमा बिकास गर्दै गएअनुसार यसले पनि सधैं निम्नरुपबाट उच्च रुपमा संक्रमण गरिरहेको हुन्छ । यसको बिपरित बंश (सम्बन्ध प्रथा निस्कृय हुन्छ । स–परिवारले एक लामो अवधि पार गरिसकेपछि मात्र यस प्रथामा प्रगति हुन्छ र त्यसैबेला मात्र यसमा मौलिक परिवर्तन देखा पर्दछ, जब परिवारमा मौलिक परिवर्तन हुन्छ ।

पारिवारिक संरचनालाई जडवत रुपमा बुझ्दा वा परिवर्तनलाई स्वस्फुर्ततावादको जिम्मा लगाइदिंदा पारिवारिक यथास्थितिका कारण अतिततिर ओरालो लाग्ने र परिवार पतनको परिणाम देख्ने अबस्था पनि आइलाग्न सक्छ । यसर्थ सचेतन पक्षको भूमिकाले बैज्ञानिक समाजवादी पारिवारिक प्रणालीमा रुपान्तरण गर्नु सचेत मानवको कर्तब्य हुन आउछ । शनै (शनै यो क्रम राज्यबिहीन साम्यवादमा फड्को मार्न पुग्नेछ । यसै सन्दर्भमा मोर्गन भन्दछन्, ‘परिवार एक सकृय प्रकृयाको शुरुआत हो । परिवार कहिल्यै स्थिर हुँदैन र समाजले तल्लो चरणवाट माथिल्लो चरणमा बिकास गर्दै गएअनुसार यसले पनि सधैँ निम्नरुपवाट उच्च रुपमा संक्रमण गरिरहेको हुन्छ । यसको बिपरित बंश (सम्बन्ध प्रथा निस्कृय हुन्छ स परिवारले एक लामो अवधि पार गरिसकेपछि मात्र यस प्रथामा प्रगति हुन्छ र त्यसैबेला मात्र यसमा मौलिक परिवर्तन देखापर्दछ, जब परिवारमा मौलिक परिवर्तन हुन्छ ।’ यसै सच्चाईमा माक्स थप्नु हुन्छ (‘राजनीतिक, कानुनी, धार्मिक तथा दार्शनिक प्रणालीहरुमा पनि आमरुपमा यही कुरा लागु हुन्छ ।’ ‘परिवारले विकास गर्दै जान्छ तर वंश (सम्बन्धको प्रथा चाँही यथास्थितिमा रहन्छ । यस प्रकारले वंश (सम्बन्धको प्रथा एक रीतिको रुपमा मात्र विद्यमान रहन्छ भने परिवारले विकसित हुँदै यसको सिमा नाघिदिन्छ ।’ हामीले बुझ्नु पर्दछ कि जब कुनै बस्तु अस्तित्वमा आउँछ, उसले आफ्नो जीवनशील पक्षसँगै जटिलताहरु अवस्य सामना गर्नुपर्ने हुन्छ । यदि जटिलता अर्थात चुनौतिहरुलाई सामना र हल गर्न नसके बस्तु लोप हुन जान्छ । जसलाई हामी बिचारहीन अबैज्ञानिकता भनेर बुझ्दछौं । एउटा चेतना र चुनौतिमय अबस्थावाट अर्को गुणात्मक नयाँ चेतनशील अवस्थामा फड्को मार्न उलटपुलट अर्थात आमूल परिवर्तनकारी कदमको आवश्यकता पर्न जान्छ जसको नाम हो क्रान्ति । क्रान्ति बिना नयाँ र उन्नत जीवन असम्भव हुन्छ भन्ने कुरा इतिहाससिद्ध र बिज्ञानसंमत कुरा हो । बर्तमान बिश्वब्यवस्था र नेपालको हकमा हामी पारिवारिक मामिलालाई मुख्य बनाउछौँ या अबैज्ञानिक पारिवारिक झमेलावाट रुपान्तरण सहितको मुक्ति चाहन्छौं ? वास्तविक अर्थमा पारिवारिक झमेला त पुरानो अबैज्ञानिक पारिवार प्रणाली साथै राज्यप्रणालीका कारण हुन पुगेको हो ।

जनबिरोधी राज्यप्रणालीबाट सन्तुलित रक्तसञ्चार सहितको समान अधिकार नभएकै कारण पारिवारिक झमेलामा फसेर हराउनु पर्ने अबस्था पैदा भएको हो । एङ्गेल्सका अनुसार ‘आधुनिक वैयक्तिक परिवार नारीको खुला अथवा गुप्त घरेलु दासतामा आधारित छ र आधुनिक समाज त्यो समुदाय हो, जुन पूर्णतः वैयक्तिक परिवारहरुको अणुहरु मिलेर बनेको छ ।’….. उत्पादनका साधानहरु समाजिक सम्पत्ति बनेपछि व्यक्तिगत परिवार सामाजिक आर्थिक एकाई बन्न छोड्नेछ । घरेलु कामधन्दा सामाजिक उद्योगको एक क्षेत्रमा परिणत हुनेछ, केटाकेटीको पालनपोषण र शिक्षादीक्षा सार्वजनिक कार्य बन्नेछ । ‘तर बिद्यमान परिवारहरुलाई अनेक प्रपंचस्वरुप रैती, जनता, नागरिक, भोटर, लेबर, नोकर, जमातको संज्ञा दिएर राज्यसत्ताको मालिकत्वले चरम अत्याचार गर्दै पुँजीवादी राज्यसत्ता भन्ने कुनै चिज नहवस भन्ने सोचाईमा पुर्याएकोछ । तसर्थ माक्सले परिकल्पना गर्नु भएको साम्यवाद फगत छैन । जहाँ निजी सम्पत्तिमाथिको स्वामित्वमा आधारित राज्यसत्ता भन्ने कुनै चिज हुँदैन । वर्ग भन्ने कुनै शोषणको श्रोत हुँदैन, जहाँ वर्गबिलोपिकरण भैसकेको हुन्छ । त्यसका लागि आजैदेखि मात्र फगत परिवारको उन्नतिकरण होइन कि बिद्यमान सामाजिक फासिवादी राज्यसत्ताको प्रणाली नै बदलेर सम्पत्तिमाथिको सामुहिक स्वामित्वमा आधारित बैज्ञानिक समाजवादी राज्यब्यबस्था स्थापना गर्नु अनिबार्य सर्त बन्न पुग्छ । वास्तविक अर्थमा एउटा असल कम्युनिस्टका लागि सबैभन्दा सचेत र बैज्ञानिक कार्यभार र समाधान त यो हो कि पारिवारलाई राजनीतिकरण र सामुहिक उत्पादन गुरुको मान्यता र अधिकारको ब्यबस्था गर्नु पर्दछ । हामी चेतनशील मानिस हुनुको नाताले परिवार र राष्ट्रप्रति साथै अन्तराष्ट्रिय मानवजातिका लागि योगदान दिन सक्नु र सिक्नु समेत पर्दछ । यो हाम्रो कर्तब्य हो र अधिकार पनि । आज क्रान्तिकारीहरुमा यदाकदा परिवार क्रान्तिको बाधक चिज हो भन्ने गैरजिम्मेवार सोंच पलाएको पाउछौँ । यो सोच सोह्रैआना गलत छ । क्रान्तिका लागि परिवार बाधक होइन कि बरु साधक नै हो । किन भने परिवारको प्रकृति भनेको बौद्धिक र भौतिक बिकासको तिब्रतामा अघि बढ्नु हो । बिद्यमान राज्यसत्ता अन्तरगतका परिवारभित्रै विभेद र असमानता छ जसलाई क्रान्तिको आबश्यकता अनिवार्य शर्त हुन पुगेकोछ । तसर्थ क्रान्तिका लागि पतनशील पक्ष बाहेक अरु केही चिज बाधक हुँदैहुँदैन । एउटा जीवनका लागि शरिरको कुन अंग बाधक ? प्यारालाई सेसग्रस्त वा अन्य प्राणघातक रोगग्रस्त अंग । यसको पनि त उपाय छ । उपचार (अप्रेशन, क्षदन । तसर्थ पारिवारिक समस्याको कुतर्क भित्र भनेजस्तो सत्यता पाइदैन । त्यो त मात्र पन्छिनलाई निँहु हुन सक्छ । किन भने एउटा मानिस जब सामाजिक अस्तित्वमा उदाउँछ, उसले आफू बाँच्न र बचाउन बौद्धिक वा भौतिक श्रमलाई जीवन पद्धति बनाउन पुग्दछ । अपवाद बाहेक हाल नेपालमा कुनै परिवर पनि बेकम्मा हुनै सक्तैनन् ।

सारा साथीभाई सहित श्रमिक जनसमुदायलाई संगठित गरी राज्यसत्ताको प्रणालीलाई श्रमिक मानिस सुहाउदो बैज्ञानिक समाजवादीकरण गर्न निर्धक्क कृयाशील हुन पुग्छ । यो दृष्टिकोण नै सही दृष्टिकोण अर्थात भौतिकवादी दृष्टिकोण हो । जसको सामु सुन्दर भविस्य उपस्थितिका लागि स्वयं आतुर हुनेछ ।

तसर्थ परिवारलाई दोष थोपरेर क्रान्ति र राष्ट्रको उन्नतिमा समर्पित योगदान, बलिदानवाट बिमुख हुनु भनेको या त दृष्टिकोण बिहिन हुतिहारा चाल हो, या राज्यसत्ताको शोषण, दोहण, अत्याचारलाई सहन गर्न लायक आफैले आफैलाई दास साबित गर्नु हो भन्ने अर्थ लाग्दछ । यसरी सतही, आबेगात्मक निर्णय लिनुपूर्व उत्तम उपायहरुको खोजी गर्नु बुद्धिमतापूर्ण कदम ठहर्दछ । कहिले काँही केही स्वार्थी मानिसलाई सोंचको एकाङ्की, अतिपनले पनि उल्टोपाल्टो निर्णयमा पुर्याउदछ । जस्तो क्रान्ति भनेको काटमार हो, हैरानीपरेशानी हो । ब्यक्तिगत जीवन, घरपरिवार बर्बादीमा पुर्याउनु हो, सांघुरोपन हो, जेलनेल जानु हो, गोली खानु हो आदीआदी । सामान्यतः कुरो सही पनि हो । तर हरेस खाएको, सति लैजाने उद्देश्यले कुक्काएको निराशावादी पतनशील रोदन जस्तो किमार्थ होइन । यसैलाई आशावादी, निरन्तर गतिशील, बिकासशील र नवीन विचारशील दृष्टिकोणवाट हेर्यो भने क्रान्ति भनेको ब्यक्तिगत जीवनको नायकिकरण वा उन्नतिकरण, घरपरिवारको राजनीतिकरण, बैज्ञानिकरण, उत्पादनमा क्रान्तिकरण, फराकिलोपन, उन्मुक्तिकरण हो, जेलनेल भोग्नु भनेको बैचारिक आस्था, निष्ठा साथै त्यागको परिचय हो भने गोली पिउनु भनेको महानता प्राप्त गर्नु, अजम्मरी जीवनको प्राप्ति भन्दा अर्थोक हुदैहोइन भन्ने बोध हुन जान्छ । तसर्थ ईमान्दार, बैज्ञानिक, बौद्धिक, साहासी, कर्तब्यनिस्ट, श्रमशील, स्वाभिमानी उत्पीडित जो कोही मानिस क्रान्तिलाई जीवनपद्धति तुल्याउन पुग्दछ । सारा साथीभाई सहित श्रमिक जनसमुदायलाई संगठित गरी राज्यसत्ताको प्रणालीलाई श्रमिक मानिस सुहाउदो बैज्ञानिक समाजवादीकरण गर्न निर्धक्क कृयाशील हुन पुग्छ । यो दृष्टिकोण नै सही दृष्टिकोण अर्थात भौतिकवादी दृष्टिकोण हो । जसको सामु सुन्दर भविस्य उपस्थितिका लागि स्वयं आतुर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :