कहर : सक्कली कोरोना, जहर : नक्कली कम्युनिस्ट

कहर : सक्कली कोरोना, जहर : नक्कली कम्युनिस्ट

१) आरम्भ

पुँजीवाद– कट्टर व्यक्तिवाद : प्रत्येक आफ्नै लागि, एउटा ईश्वर मात्र सबका लागि !
वैज्ञानिक समाजवाद– साम्यवाद : प्रत्येकले सबैका लागि, सबैले प्रत्येकका लागि !

(दर्शनशास्त्रको प्रारम्भिक ज्ञानबाट)

लेखक : मोहलाल चन्द ‘आधार’

उपरोक्त वाक्यांश सामान्यजस्तै लाग्छन् अपितु यी दुई विश्वदृष्टिकोणमा आधारित वाक्यांश हुन् । आदर्शवादमा आधारित कट्टर व्यक्तिवादी (पुँजीवादी–साम्राज्यवादी) शिविरमा मानिसका लागि मानिस ब्वाँसो ! प्रत्येक आफ्नै लागि, एउटा ईश्वर मात्र सबका लागि !! जबसम्म यसप्रकारको दुष्ट प्रवृत्तिको राज मत्ताइरहेको हुन्छ, मानिसले मानिसलाई अर्थात् शासक वर्गले श्रमिक वर्गलाई शोषण नगरी पुँजीवाद जीवित रहनै सक्दैन । परन्तु द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादमा आधारित जनवादी (वैज्ञानिक समाजवादी–साम्यवादी) शिविरमा भने मानिसका लागि मानिस सबै भाइ ! प्रत्येकले सबैका लागि, सबैले प्रत्येकका लागि ! यसप्रकारको सचेतन र कर्तव्यनिष्ट समृद्धिको ताज चमचमाइरहेको हुन्छ । मानिसले मानिसलाई पोषण नगरी जनवाद ( वैज्ञानिक समाजवाद– साम्यवाद) सजीव रहनै सक्दैन । जनवाद–समाजवाद– साम्यवादको वैज्ञानिकता भनेकै मानिस–मानिसबीचको असमानता, विभेद र शोषण अन्त्य हुनु हो । मानवजीवन र जगत्बीच सन्तुलन मिलाई निर्जीव प्रकृतिमा सजीव मानव आधिपत्य कायम गर्नु हो । अन्ततः ब्रह्माण्डलाई नै मानव जीवनोपयोगी तुल्याउनु हो । तसर्थ मानिस–मानिसबीच अर्थात् वर्ग–वर्गबीच विद्यमान शोषण र विभेदकारी परम्पराको अन्त्य नगरी मानवको समान अस्तित्व पनि सम्भव छैन । यसैका लागि सचेत विद्रोह, क्रान्तिको अपरिहार्यता मानव इतिहासको सत्य नै हो ।

प्रकृतिमाथि समान अधिकार मानव शान्तिको सर्त हो । मानवनिर्मित राज्यसत्तामाथि श्रमिक वर्गको आधिपत्य कायम नै द्रुत विकास, उन्नति साथै नयाँ जीवनपद्धतिको परिचायक हो । यी सार्वभौम सत्यलाई सच्चा कम्युनिस्टहरूले गहन रूपमा ग्रहण गर्नु अनिवार्य रूपमा आवश्यक हुन्छ । सच्चा कम्युनिस्टहरूले दलाल पुँजीवादी सत्ताको हाड चुस्नका लागि तिकडमको खेती गर्दैनन्, बरु पुँजीवादी सत्ताका अवयवहरू नाकामसिद्ध गरी विकल्पमा जनवाद–वैज्ञानिक समाजवाद– साम्यवादको क्षितिज उघार्न सफल हुन्छन् । झूटका विरुद्धको विद्रोह, क्रान्ति र परिवर्तनदेखि अत्तालिएर पतनमुखी यात्रामा पागलपन किमार्थ देखाउँदैनन् । परन्तु विद्यमान नेपालका कथित नामधारी कम्युनिस्टहरू जुन सत्ताका विरुद्ध विद्रोह गरे, अपसोच ! उसैका सामु आत्मसमर्पण गरी नकच्चरो चाल चालिरहेका छन् । केही स्वार्थी मानिसहरू, आआफ्नो झुण्ड निर्माण गरी वैदेशिक शक्तिकेन्द्रहरूको गोटी बनिरहेका छन् । यता जनजीवन सक्कली कोरोनाको कहरमा तड्पिरहेको छ तर उता अँध्यारो कोठामा शक्तिकेन्द्रका तलुवा चाट्दै कुर्सीका लागि हारगुहार गरिरहेका छन् । यसप्रकारको जहररूपी हर्कतको प्रत्यक्ष वा परोक्ष असर केही समयसम्म राष्ट्र र जनतालाई पर्ने कुरामा दुईमत हुनै सक्दैन ।

विद्यमान नेपालका कथित नामधारी कम्युनिस्टहरू जुन सत्ताका विरुद्ध विद्रोह गरे, अपसोच ! उसैका सामु आत्मसमर्पण गरी नकच्चरो चाल चालिरहेका छन् । केही स्वार्थी मानिसहरू, आआफ्नो झुण्ड निर्माण गरी वैदेशिक शक्तिकेन्द्रहरूको गोटी बनिरहेका छन् । यता जनजीवन सक्कली कोरोनाको कहरमा तड्पिरहेको छ तर उता अँध्यारो कोठामा शक्तिकेन्द्रका तलुवा चाट्दै कुर्सीका लागि हारगुहार गरिरहेका छन् ।

२) डबल नेकपा : नेपाली कम्युनिस्ट आन्दोलनकै जहर

क. माओका अनुसार राजनीतिक कार्यदिशा र विचारधारा सही हुनु वा गलत हुनुले सबथोकको निर्धारण गर्दछ । यो सही छ भने नभएको चीज प्राप्त हुन्छ । गलत छ भने भएको चीज पनि गुम्न पुग्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा २०२८ सालमा झापामा विद्रोहको झिल्का देखापरेकै हो तर नेतृत्व, राजनीतिक कार्यदिशा र विचारधारामा मौलिकतासहित वैज्ञानिक समाजवादी– साम्यवादी लक्ष्य र सामथ्र्य देखिएन । परिणाम क्रान्तिकारी धारा, बलिदानको कीर्तिमान गुमाएर नामधारी कम्युनिस्ट संसद्वादी एमालेको जन्म हुन पुग्यो । २०५२ सालदेखि धर्ती–आकाश हल्लाउन सामथ्र्यवान् महान् जनयुद्धको नेतृत्व गरेका प्रचण्ड, बाबुराम र बादलहरूमा पनि यसप्रकारको नियति दोहोरियो । फलस्वरूप नामधारी कम्युनिस्ट संसद्वादी माओवादी केन्द्रको जन्म भयो । दलाल सत्ता र संसदीय व्यवस्थाले यी दुवै सुँगुर र बङ्गुरको हूललाई एउटै खोरमा हुलेर फुत्कनै नसक्ने गरी फलामे साङ्लोले बाँध्न सफल भयो । अन्ततः डबल नेकपाको पर्दाले छोपेर केही समय झुक्याउन प्रयासरत छ । तर यो पुँजीवाद– उत्तरसाम्राज्यवादको लाचार छाया मात्र हो भन्ने कुरा सचेत नेपाली जनसमुदायले लोकायत दृष्टिकोणबाटै ठम्याइसके । तर कम्युनिस्ट दृष्टिकोणवाट के यसको स्पष्ट स्वरूप देखिँदैन र ? विडम्बना ! डबल नेकपाकै छत्रछायामा सुस्ताइरहेका केही कस्तुरीहरू पनि आफ्नै नाइटोको बिना बिर्सेर थप बास्नाको खोजीमा उतै भौँतारिइरहेका छन् । यो चालले त भएको बिना पनि चतुर सिकारीको निसानामा पर्ने जोखिम नै देखिन्छ । डबल मुख्यालयका मठाधीशहरू आआफ्नो स्वार्थका लागि रडाको मच्चाइरहेका छन् । उनीहरूमा कुनै सिद्धान्त र विचारको बहस हुँदैन । संशोधवाद– सामाजिक दलाल पुँजीवादको खेती गर्दागर्दै उत्तरसाम्राज्यवादी प्रतिक्रियावादको स्काभेटरमा परिणत हुँदासमेत कुनै पश्चाताप देखिँदैन । जस्तो युरोपियन सङ्घयता, धर्मनिरपेक्षता, अमेरिकी एमसीसी, भारतीय हिन्दुवादी राष्ट्र, चिनियाँ मौनहस्तक्षेपी बीआरआईले आआफ्नो स्वार्थमुताबिक यसै क्षेत्रको भूमिका निर्वाह गरिरहेका छन् । चिनियाँ चाल भने अमेरिका, भारत र युरोपियन रणनीतिभन्दा फरक देखिन्छ । उसको रणनीतिक चालमा नेपालको राष्ट्रियताविरुद्ध हालसम्म गिद्देदृष्टि देखिँदैन । यस्तो अवस्थाले जोतिँदासमेत डबल नेकपाको नेतृत्वमण्डलीमा आत्मसमीक्षा, आत्मालोचना, सुल्टो दिशातिर रूपान्तरण भन्ने कुनै तत्व नै बाँकी छैन भन्ने देखिन्छ । के माक्र्स–एङ्गेल्स–लेनिन–स्टालिन–माओको चिन्तनप्रणाली र सुद्धि यस्तै थियो त ? कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने रहर वा षड्यन्त्रकारी चालले सर्वहारा वर्गको मुक्ति सम्भव हुने भए बलिदान, ,त्याग, समर्पणको अर्थ र मूल्य नै के रह्यो र ? वैज्ञानिक राजनीतिक कार्यदिशा, द्वन्द्वात्मक भौतिकवादी विचारधारा नै किन चाहियो र ? हेक्का रहोस्, संशोधनवादी विचारधाराले राजकीय सवार खुबै मन पराउँछ । त्यो भोगविलासी र सौखिन पनि जरुर हुन्छ नै तर पुँजीवाद, साम्राज्यवादको दास हुनुको पीडाले संशोधनवादको जीवन सर्वाधिक दर्दनाक र सङ्कटग्रस्त हुन्छ । जब आफू सङ्कटग्रस्त अवस्थामा बाँच्न बाध्य हुन्छ, जब उसमा कुनै नयाँ विचार, आदर्श भन्ने चीज नै हुँदैन, विषबमन गर्नु उसको नियति नै हुन जान्छ । ठीक आज नक्कली अर्थात् नामधारी कम्युनिस्ट पार्टी राष्ट्र र जनताका लागि विष अर्थात् जहर साबित हुन पुगेको छ । जब उसले मुस्कुराएर चुम्बन गर्छ, अवश्य मानव समाज सामाजिक दलाल पुँजीवादी सङ्क्रमणले विषाक्त बन्ने कुरामा कुनै शङ्का रहँदैन । आज गाउँ, सहर, घरघर जहाँतहीँ रडाको, टुटफुट, अस्तव्यस्तता, भ्रष्टाचारका लागि र्यालग्रन्थी रसाउनु, सामाजिक दलाल पुँजीवादी जहरकै परिणाम हुन् । महापतीत डबल बहादुरहरूलाई आसेपासेबाहेक गाली नगर्ने नेपाली जनता सायदै भेटिन्छ होला । नेपाली जनताले यो पनि बुझिसकेका छन्, उनीहरूहरूको चुनावी गठबन्धन हुँदै पार्टी एकतालाई सच्चा कम्युनिस्ट अर्थात् कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी प्रवाहको एकता बिल्कुलै होइन । बरु त्यो त संशोधनवादी–पुँजीवादी–साम्राज्यवादी–उत्तरसाम्राज्यवादी– प्रतिक्रियावादी कित्तामा लम्पसार भएपछिको चुनाव चित्ने र जनतालाई कम्युनिस्टको नाम भँजाएर झुक्याउने खेल मात्र थियो । त्यति मात्र होइन जब विचारमा दरिद्र भएर क्रान्तिको बाटो छोडिसकेपछिको आफ्नो लाज छोप्ने एक मात्र उपाय थियो । ठूलो पार्टी, दुईतिहाइ बहुमतको गुड्डी हाँकेर लुटतन्त्रमा प्रभुत्व जमाउन चालिएको कदम थियो । यसरी कम्युनिस्टका नाममा भएका अत्याचारलाई किमार्थ इतिहासको त्याग, समर्पण र बलिदानले छूट दिनेछैन । सारतः डबल नेकपा मालेमावादी कम्युनिस्ट किमार्थ होइन । बरु असल वस्तु कुहे पछिको विषाणुझैँ नेपाली कम्गुनिस्ट आन्दोलनकै जहर नै हो भन्ने बुझाइ नै विज्ञानसम्मत हुन आउँछ । यसका लागि रगत नै बदल्नु जरुरी हुन्छ । तसर्थ नेपाली कम्युनिस्ट आन्दोलनले साहसी र कुशल डाक्टरको मार्गप्रसस्त गरेकोमा दुईमत हुनै सक्दैन । यसको सजीव उदाहरण एकीकृत जनक्रान्तिको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नै हो जसले मालेमावादी वैचारिक उपचारद्वारा आफूभित्रको फोहोरमैला सफा गर्दै विभिन्नखाले संशोधनवादी, पुँजीवादी–दलाल पुँजीवादी–सामाजिक दलाल पुँजीवादी–साम्राज्यवादी–उत्तरसाम्राज्यवादी रोगहरूलाई नष्टविनष्ट गर्दै क्रियाशील छ ।

क. माओले त घिसेपिटे तरिकालाई प्रस्टसँग दुत्कार्नुभएको छ । यातायातमा कोरोनाको निहुँमा मनपरी भाडा असुली कुन चोर दुलोको इसारामा भैरहेको होला ? यहाँ राज्य नै छैनजस्तो मनपरीतन्त्रको राज । वास्तविक अर्थमा यी त सच्चा कम्युनिस्टलाई र सम्भावित कम्युनिस्ट राज्यव्यवस्थालाई नै बदनाम गर्ने सुनियोजित चाल मात्र हो । सच्चा कम्युनिस्ट सत्ता र सरकार कहिल्यै र किमार्थ यतिबिधि मनपरीतन्त्रको मालिक हुन सक्दैन ।

३) दुईतिहाइको सरकारी जहर

दुईतिहाइ सरकारको रबैया र चाल देख्दा र भोग्दा नेपाली जनतालाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात् । मात्र घृणा र आक्रोश । लोकतन्त्रका नाममा लुटतन्त्र र गणतन्त्रका नाममा गनाउनेतन्त्रलाई नेपाली जनताले छिःछिः–दुरदुर नगरेर के पूजा गर्ने ? लोकतन्त्र भने पनि गणतन्त्र भने पनि आखिर पुँजीवादी, संसद्वादी व्यवस्थाको अर्को रूप नै हो । जनवादी गणतन्त्र–वैज्ञानिक समाजवाद– साम्यवाद सच्चा कम्युनिस्टको घोषित लक्ष्य हो । प्रस्टै छ, नेपाली जनताले सच्चा कम्युनिस्ट शासन व्यवस्था खोजिरहेका छन् । कम्युनिस्टको नाम भँजाएर सरकारमा पुगेका विचार र सपनाहीन मानिसहरूको थुप्रोमा सामाजिक दलाल पुँजीवादलाई झाँगिने अवसर भने अवश्य मिल्दोरहेछ । आज देशमा कम्युनिस्ट सरकारको छत्रछायामा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, लुटखसोट, तस्करी, कालोबजारी, महँगी, बेरोजगारी, विदेश पलायनजस्ता दुर्दशापूर्ण अस्तव्यस्तता र काण्डैकाण्ड देखापरिरहेका छन् । सरकारी, गैरसरकारी मुख्यालयहरूमा माखा भन्किरहेका छन् । जनजीविकासम्बन्धी पलपलको कार्य भाँचकुँच पारिएको छ । कामकाज द्रुत गतिमा होइन, घाइते कछुवाको चालमा घिस्रिरहेको देखिन्छ । यस्तो घिसेपिटे गति कम्युनिस्ट स्पिरिटमा पर्दैपर्दैन । क. माओले त घिसेपिटे तरिकालाई प्रस्टसँग दुत्कार्नुभएको छ । यातायातमा कोरोनाको निहुँमा मनपरी भाडा असुली कुन चोर दुलोको इसारामा भैरहेको होला ? यहाँ राज्य नै छैनजस्तो मनपरीतन्त्रको राज । वास्तविक अर्थमा यी त सच्चा कम्युनिस्टलाई र सम्भावित कम्युनिस्ट राज्यव्यवस्थालाई नै बदनाम गर्ने सुनियोजित चाल मात्र हो । सच्चा कम्युनिस्ट सत्ता र सरकार कहिल्यै र किमार्थ यतिबिधि मनपरीतन्त्रको मालिक हुन सक्दैन । अझ भन्ने हो भने एमसीसीजस्तो राष्ट्रघाती सम्झौता संसद्बाट पारित गराउन ताहुरमाहुर गर्ने साम्राज्यवादको दलाल त हुनै सक्दैन ।

बरु एकाधिकारवादी पुँजीवाद, साम्राज्यवादको चिहानमा वैज्ञानिक समाजवाद– साम्यवादको समुज्ज्वल भविष्य जगमगाइरहेको देख्छ । सच्चा कम्युनिस्ट सत्ता– सरकार हुन्थ्यो भने सर्वाधिक राष्ट्रघाती योजना एमसीसी पास गर्नेतिर अँध्यारो कुनामा साउती गर्नुभन्दा अमेरिकाबाट वैज्ञानिक लुझेन्द्र ओझालाई स्वदेश फिर्ता गरी नेपाली वैज्ञानिकमा दर्ज गर्न सक्थ्यो जसले मङ्गलग्रहमा जङ्गल र पानी छ भन्ने पत्ता लगाएका थिए । हालसालै मात्र मैतीदेवीका २८ वर्षीय प्रज्ज्वल निरौलाले अमेरिकामा अध्ययनरत अवस्थामै २८ जना वैज्ञानिक टोलीको नेतृत्व गर्दै सौर्य परिवारभन्दा बाहिर पृथ्वी आकारको अर्को ग्रह छ भनी पत्ता लगाए । के तिनलाई नेपालका तर्फबाट पत्ता लगाएको प्रमाणित गरी राष्ट्रिय गौरव र साख भित्र्याउन सक्छ ? दम छ ? २०२८ र २०५२ को चट्याङले सातो उडेको हुटिट्याउँले आकाश थाम्छु भनी सारी चरीजस्ता मितज्यूहरूलाई त टोपल्न सकिएला, यथार्थमा कायर हुटिट्याउँको हबिगत देखेर सारी चरीहरू पनि उपहासले हाँस्नेछन् ।

यसर्थ विद्यमान नेपालको व्यवस्था र अवस्थालाई गहिरो गरी नियाल्यो भने जनजीविका, राष्ट्रियता र जनअधिकारभित्र चौतर्फी बडो घातक जहर सङ्क्रमित भैरहेको देख्न सकिन्छ । यस प्राणघातक जहर उत्पादनको मुहान भनेको दलाल पुँजीवादीहरूको सत्ता र सामाजिक दलाल पुँजीवादीहरूको सरकार नै हो । उत्तरसाम्राज्यवादले नयाँ स्वरूपको जहर केन्द्र खडा गरी नेपाल र नेपालीको सुन्दर भविष्यमाथि बमन गरिरहेको छ । पुँजीवादी– साम्राज्यवादी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आहालमा डुबाएर उक्त जहर पिउन बाध्य पारिएको छ श्रमजीवी, स्वाभिमानी नेपाली जनतालाई । तसर्थ प्राणघातक जहरको विकल्प वैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्ति नै हुन आउँछ । यो नै अचुक राजनीतिक उपचार हो ।

लाजमर्दो रूपमा भ्रष्टाचारको रेती रेल्लियो । विडम्बना ! स्वास्थ्यसामग्रीका भ्रष्टाचारीलाई कारबाहीको कठघरामा उभ्याउने कुनै नैतिकता देखिएन प्रधानमन्त्रीको । बरु ढाकछोप गर्ने रफुकारको भूमिकामा पो देखापरे खोक्रो दुईतिहाइका कथित शक्तिशाली प्रम । नक्कली कम्युनिस्टको जहर पिउन विवश नेपाली जनतालाई सक्कली कोरोनाको कहरमा तड्पाउनु भनेको रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ भनेझैँ भएन र ?!

४) कोरोना महामारीविरुद्ध प्रतिरोधको अवस्था

कोबिड १९ चीनको वुहानबाट सुरु भएर विश्वव्यापीकरण हुँदैछ भन्ने कुरा बच्चालाई पनि बेलैमा थाहा भैसकेको विषय थियो । कोरोना भाइरसको प्रकृति हेर्यो भने नेटवर्क सिस्टमबाट फैलिने खालको थियो । प्रकोपको उषाकालमै प्रतिरोधपूर्ण स्वास्थ्य शस्त्रास्त्र (बन्दोबस्ती) को तीव्र तयारी सत्ता र सरकारको एक मात्र एजेन्डा हुनुपर्थ्याे किनभने त्यसले सङ्क्रमणको रूप धारणा गरेपछि चौतर्फी असर गर्ने कुरा पनि थाहा थियो । तर सरकार वाल्ल परिरह्यो । त्यसरी किंकर्तव्यविमूढ अवस्थाको बबुरो बन्नु भनेको दूरदृष्टिको अभाव नबुझेर के बुझ्ने ? अथवा माछो हसुर्ने दाउ पर्खेको बकुल्लो ध्यान थियो त्यो । त्यसको प्रमाण आफ्ना फोहोरी समीकरण र कुम्ल्याउ धन्दाको गृहकार्यमा जुटेको पाइयो । आफ्ना हनुमानहरूलाई जिम्मेवारी दिएर मौकामा चौका हानेरै छाड्यो लाचार सरकारले । लाजमर्दो रूपमा भ्रष्टाचारको रेती रेल्लियो । विडम्बना ! स्वास्थ्यसामग्रीका भ्रष्टाचारीलाई कारबाहीको कठघरामा उभ्याउने कुनै नैतिकता देखिएन प्रधानमन्त्रीको । बरु ढाकछोप गर्ने रफुकारको भूमिकामा पो देखापरे खोक्रो दुईतिहाइका कथित शक्तिशाली प्रम । नक्कली कम्युनिस्टको जहर पिउन विवश नेपाली जनतालाई सक्कली कोरोनाको कहरमा तड्पाउनु भनेको रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ भनेझैँ भएन र ?! बिदेसिएका नेपालीहरू स्वदेश आगमनमा उनीहरूबाट घरपरिवार, छरछिमेक असुरक्षित हुनुपर्ने साथै उनीहरूलाई घृणाको आँखाले हेर्ने अवस्था कम लाजमर्दो छ त ! छिमेकी भारतबाट खाना, छाना र उपचारसमेत नपाएर सरकारविरुद्ध नाराजुलुस गुन्जने अवस्था आइलाग्दासमेत उनीहरूका लागि कुनै सटिक सम्बोधन देखिएन । टाँगनघोडाझैँ मात्र बन्दाबन्दी । मानिसको प्राण नै बन्दाबन्दीमा पर्दा उपरखुट्टी लगाएर ह्विस्की र बियरमा मस्तराम । मानिस पैदल हिँड्दा भोकले प्राणपखेरु त्याग्नुपर्यो । अर्को विडम्बना, कोरोनाले मरिन्छ भनेर के भोकले मार्ने ? आखिर मराइ त उही त होला नि ! हिजोआज दीर्घरोगी, आकस्मिक रोगीको उपचारमा कोरोनाको सन्त्रासले गतिमन्दता देखापरिरहेछ ।

कोरोनाले मर्न पाईन्न बाँकी अरू रोगले मर्न छूट भन्ने नीति नै हो त कथित कम्युनिस्ट सरकारको ? यही मौका छोपी अवैध कोरोना औषधिको बिक्रीवितरणसमेत भयो । भारत निर्मित रेम्डिसिभिर नामको औषधीको मूल्य भारु पाँच हजार पर्नेलाई नब्बे हजारमा बिक्री गरियो तस्करहरूद्वारा । कुनै कारबाही छैन । त्यस्तै राहतका नाममा आहत बाँडिएको छ । राहत सामग्री गोदाममा सडेका सामाचार सुनिन्छन् तर सरकारका महाराजाहरूको कुनै चिन्ता र चासो देखिँदैन । राहत सामग्रीमा समेत भ्रष्टाचारजस्तो दुर्गन्ध फैलिनु के यो हददर्जाको लुटतन्त्र, गनाउनेतन्त्र नभए आखिर हो के त ? आत्महत्याको सङ्ख्या हजारौँ पुगिसक्यो । त्यो मराइको कारण पत्ता लगाई निवारणको कुनै एजेन्डा देखिँदैन । यसरी कोरोना महामारीलगायत अनेकानेक कारणले मृत्युदर दिनानुदिन बढिरहेको छ । सरकारको अलिकति बचेको नैतिकता हुन्थ्यो भने राजीनामा दिन सकिन्थ्यो तर नैतिक हरामका हातमा कुर्सी जब पर्छ चुइगम टाँसिएझैँ टाँसिन्छ । गाईगोठे क्वारेन्टाइनका नाममा अर्बौं खर्च भएको सूची तयार हुन्छ तर अडिट हुँदैन । कोरोना महामारीलाई बहाना बनाएर विश्वबैङ्कको ऋणले देशलाई चुर्लुम्म डुबाएर एउटा ढोकाबाट बहिर्गमन त अर्को ढोकाबाट बालुवाटार आगमन केपीका खानपिनमन्त्री । यी सारा नालीबेली बेलिबिस्तार गर्दा जहर नक्कली कम्युनिस्टको, कहर सक्कली कोरोनाकै पुष्टि हुन आउँछ ।

क. विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नै नेपाली बौद्धिक र भौतिक श्रमिक वर्गका लागि एक मात्र सच्चा कम्युनिस्ट पार्टी हो भन्ने कुरा छर्लङ्ग छ । डबल नेकपाको र उसको कथित दुईतिहाइको खोक्रो सरकार हरघटना–परिघटनाले कम्युनिस्ट साखमै डरलाग्दो जहर साबित भएको छ ।

५) उपसंहार

पुँजीवादी कट्टर व्यक्तिवादको जहरले समाज आज छिन्नभिन्न भैरहेको छ । यसको विकल्पमा एकीकृत जनक्रान्तिले वैज्ञानिक समाजवादी साम्यवादको अचुक राज्यप्रणालीको निकास सुस्पष्ट अघि सारेको छ । क. विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नै नेपाली बौद्धिक र भौतिक श्रमिक वर्गका लागि एक मात्र सच्चा कम्युनिस्ट पार्टी हो भन्ने कुरा छर्लङ्ग छ । डबल नेकपाको र उसको कथित दुईतिहाइको खोक्रो सरकार हरघटना–परिघटनाले कम्युनिस्ट साखमै डरलाग्दो जहर साबित भएको छ । राप्रपा, काङ्ग्रेसजस्ता गतिछाडा पार्टीहरूले समेत गिज्याइरहेका छन् ।

यो नाङ्गो नाच अब धेरैबेरसम्म नेपाली जनसमुदायले हेर्नै सक्दैनन् । क्रान्तियात्राका सर्वाधिक असफल र पतीत झुण्डले पुरानै दलाल सत्ता र संसदीय व्यवस्थालाई टालटुल र रङरोगन गर्दैमा नेपाली जनसमुदायको समुज्ज्वल भविष्य निर्धारण हुन सक्दैन । तसर्थ प्रत्येकले सबैका लागि ! सबैले प्रत्येकका लागि भन्ने वौज्ञानिक समाजवादी– साम्यवादी सुदिनको रोजी र खोजी अथक र तीव्र रूपमा गरौँ । यही दिशाको गौरवपूर्ण यात्राको प्रतिरोधात्मक क्षमताले नै हरप्रकारका जहर र कहर निर्मूल गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!