अखिल क्रान्तिकारी विद्यार्थीलाई बाँड्यो स्वास्थ्य र खेलकुद सामग्री

अखिल क्रान्तिकारी विद्यार्थीलाई बाँड्यो स्वास्थ्य र खेलकुद सामग्री

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) धौलागिरि ब्युरोले विद्यार्थीलाई स्वास्थ्य र खेलकुद सामग्री प्रदान गरेको छ ।

अखिल (क्रान्तिकारी) धौलागिरि ब्युरोले बिहीबार बागलुङ जिल्लाको विद्यामन्दिर माविमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य र खेलकुद सामग्री प्रदान गरेको क्रान्तिकारीले जनाएको छ ।

उक्त अवसरमा क्रान्तिकारीले विद्यार्थीलाई ३५० थान स्यानिटाइजर, ६०० थान मास्क, दुईवटा भलिबल, एउटा फुटबल, एउटा ब्याडमिन्टन, एक थान भलिबल जालीलगायत स्वास्थ्य र खेलकुद सामग्री वितरण गरेको धौलागिरिबाट प्राप्त समाचारमा जनाइएको छ ।

स्वास्थ्य र खेलकुद सामग्री वितरण कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले आफूहरूले सधैँ विद्यार्थीको हकहित र पक्षमा काम गरिरहेको बताए । कार्यक्रमको संयोजन अखिल (क्रान्तिकारी) धौलागिरि ब्युरो संयोजक सुरेन्द्र बस्नेतले गरेका थिए ।

क्रान्तिकारीले देशैभर अभियानकै रूपमा रक्तदान, स्वास्थ्य र शिक्षासम्बन्धी सामग्री वितरण, जनश्रमदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :