पहिलो पटक रणनैतिक मोर्चा निर्माण

पहिलो पटक रणनैतिक मोर्चा निर्माण

काठमाडौँ : नेपालमा पहिलो पटक क्रान्तिकारी पार्टीहरकाबीचमा क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा बनेको जानकारी प्राप्त भएको छ । सरकारले प्रतिबन्ध घोषणा गरेको विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरणले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका बीचमा समाजवाद/जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ । उक्त मोर्चा आउँदो माघ २९ गतेकादिन प्रज्ञा भवन कमलादीमा कार्यक्रम गरेर आफ्ना भावी योजना, कार्यक्रम र अवधारणालाई सार्वजनिक गर्दैछ । श्रोतका अनुसार घोषित कार्यक्रममा आयोजकहरुले उक्त दिन वर्तमान सरकार र राज्यव्यवस्थाका विरुद्ध श्रृंखलाबद्ध आन्दोलनको घोषणा पनि गर्दैछ ।

चार पार्टीका शिर्षस्थ नेताहरुको बैठकले मोर्चाको सांगठानिक संरचना पनि टुंग्याएको बुझिएको छ । गत पुषमा पहिलो पटक चार पार्टीका मुख्य नेताले रणनैतिक संयुक्त मोर्चा बनाउने निर्णय गरेको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका थिए । विप्लवले नेतृत्व गरेको नेकपाका नेता धर्मेन्द्र बास्तोलाको गिरफ्तारीकाकारण मोर्चा घोषणाको कार्यक्रम ढिला हुन पुगेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गतेपछि प्रतिगमन भयो भन्दै त्यसका विरुद्धमा संसद पुनस्थापना गर्ने र ओलीको कदम सही छ भन्दै दिनदिनै सहर र राजधानीमा भएका संसदीय पार्टीहरुको विकल्पमा जनवाद/समाजवादको वैकल्पिक सरकार र सत्ताको नाराका साथ आन्दोलन गरिने भएकाले यो घोषणाले निराश र आक्रोषित जनतामा सकारात्मक प्रभाव पर्ने बुज्रुकहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :