विश्वभर ७ करोड ४३ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ७ करोड ४३ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ७ करोड ४३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ४३ हजार ८०३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ७ करोड ४३ लाख ३ हजार ६७८ पुगेको हो । यो कुल सङ्क्रमितको ७२.४२ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ७३ हजार ७६१ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड २५ लाख ९२ हजार ७७३ पुगेको छ ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २२ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १४ हजार ५३१ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २२ लाख १४ हजार ३२६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कुल सङ्क्रमितको आधारमा मृत्यु हुनेको यो सङ्ख्या २.१६ प्रतिशत हो ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ६० लाख ७४ हजार ७६९ पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेकामध्ये १ लाख ९ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ । कुल सङ्क्रमितको २५.४२ प्रतिशत सङ्क्रमित अहिले पनि उपचारका क्रममा छन् ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड ६५ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ४ लाख ४७ हजारभन्दा बढी सङ्क्रमितको ज्यान गएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि सङ्क्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

सङ्क्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको सङ्क्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :